शुक्रबार, वैशाख १४, २०८१

सुनसान जनकपुर (फोटो फिचर)

बाहिरबाट आउने पर्यटकसमेत घटेका छन् । पछिल्लो केही दिनयता जनकपुरमा पर्यटक आउन छोडेको व्यवसायीहरु बताउँछन् ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

जनकपुरधाम– विश्वभर फैलिएको कोरोना भाइरसको असर जनकपुरमा समेत देखिएको छ । कोरोना संक्रमणको त्रासका कारण जनकपुर सुनसान भएको छ ।

triton college

कोरोना भाइरसको संक्रमणबाट जोगिने उत्तम विकल्प घर बाहिर ननिस्कनु रहेको बुझेपछि बजार क्षेत्रमा चहलपहल पातलिएको छ ।

बिहानैदेखि भरिभराउ रहने जानकी मन्दिरमा दर्शनार्थीको संख्यामा कमी आएको छ । सामान्य अवस्थामा बिहानैदेखि भीडभाड रहने जानकी मन्दिरमा आइतबार न्यून संख्यामा मात्र पूजाअर्चना गर्न मानिसहरु पुगेको त्यहाँका पुजारीले बताए ।

बाहिरबाट आउने पर्यटकसमेत घटेका छन् । पछिल्लो केही दिनयता जनकपुरमा पर्यटक आउन छोडेको व्यवसायीहरु बताउँछन् ।

जनकपुरको बजार क्षेत्रमा न्यून संख्यामा मात्र सवारीसाधन गुडेका छन् । पैदल हिँडडुल गर्नेहरु पनि कमै देखिएका छन् । वहालमा बस्ने कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसमेत जनकपुरबाट आ–आफ्ना गाउँ फर्केका छन् । कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गरी जनकपुरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

corrent noodles
Metro Mart

यता आइतबारदेखि सेवा दिन बन्द गरेपछि सरकारी कार्यालय पनि सुनसान छन् । दिनहुँ सयौंको संख्यामा सेवाग्रही पुग्ने जिल्ला प्रशासन, मालपोत, नापीलगायत कार्यालयले नेपाल सरकारको निर्णयअनुसार आइतबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको सूचना गेट बाहिरै टाँसेका छन् ।

आइतबारदेखि महोत्तरीको बर्दिवास बजार पनि बन्द भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत रहन सर्वसाधारणलाई आह्वान गर्दै व्यवसायीहरुले नै बर्दिवास बजार बन्द गर्ने निर्णय गरेका हुन् ।

कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यकबाहेक बर्दिवासस्थित उद्योग, कलकारखाना बन्द गर्ने निर्णय भएको वाणिज्य संघले जनाएको छ । वाणिज्य संघले २१ चैतसम्म कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउन बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

संघका महासचिव भवनाथ खतिवडाले चामल, दाल, नुन, तेललगायतका खाद्यान्न वस्तु स्थानीय प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने जानकारी दिएका छन् ।

विपतको समयमा उद्योगी व्यवसायीलाई आर्थिक मार पर्नसक्ने भन्दै वाणिज्य संघले घर भाडामा छुट दिन वाणिज्य संघले सम्बन्धित घरधनीहरुसँग आग्रह गरेको छ ।

प्रकाशित: Mar 22, 2020| 09:12 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।