शनिबार, वैशाख १५, २०८१

जनकपुरमा ग्यास अभाव, व्यवसायी भन्छन्– समस्या छैन

धनुषामा नोबेल, जगदम्बा, अम्बर, सुपर, नेपाल, कामख्या, मनोजलगायत कम्पनीहरुले ग्यास आपूर्ति गर्ने गरेका छन् ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

जनकपुरधाम– पछिल्लो केही दिनयता जनकपुरसहितको क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको बहानामा अधिकांश विक्रेताहरुले एलपी ग्यासको कृत्रिम अभाव गरेको उपभोक्ताको आरोप छ ।

triton college

चाहिएको बेला ग्यास पाउन कठिन भएको उपभोक्ता बताउँछन् । डिलरले ग्यास लुकाएर कृत्रिम अभाव गरी कालाबजारी गर्न खोजेको उपभोक्ताको गुनासो छ ।

जनकपुर अञ्चल ग्यास व्यवसायी संघले भने ग्यासको कहिँ कतै अभाव नरहेको दाबी गरेको छ । आयातमा कुनै वाधा नआएकोले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको ग्यास व्यवसायी संघले बताएको छ ।

विगतमा आपूर्ति हुने ग्यास सिलिण्डरको संख्यामा कुनै कमी नभएकोले आपूर्तिमा समस्या नरहेको जनकपुर अञ्चल ग्यास व्यवसायी संघका महासचिव विक्रम झाले बताए ।

‘हामीसँग पर्याप्त संख्यामा ग्यास सिलिण्डर मौज्दात छ, आपूर्ति पनि नियमित भइरहेको छ, उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन, ग्यासको कुनै समस्या छैन,’ झाले नेपाल समयलाई बताए ।

corrent noodles
Metro Mart

ग्यास आपूर्तिमा कुनै समस्या नरहेकोले कालोबजारीको सम्भावना नरहेको उनको भनाइ छ । उपभोक्ताले आवश्यकभन्दा बढी सिलिण्डर भण्डारण गर्न थालेपछि केही समस्या भने देखिएको झाले बताए ।

‘यसअघि जति संख्यामा आपूर्ति भइरहेको थियो, त्यसमा कुनै कमी आएको छैन्, उपभोक्ताले चाहिएको भन्दा बढी भण्डार गर्न सुरु गरेको हामीले पाएका छौं,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था नरहेकोले ग्यास सिलिण्डर अनावश्यक भण्डारी गर्नुपर्ने कुनै जरुरी छैन । उहाँहरुले सिलिण्डर भण्डारण गर्न थालेपछि केही समस्या भने निश्चय देखिएको छ । सिलिण्डर भण्डारण नगर्न हाम्रो आग्रह छ ।’

खपतअनुसार उपभोक्ताहरुलाई ग्यास उपलब्ध गराउन आफूहरु तयार रहेको झाले बताए ।

एक तथ्यांकअनुसार धनुषामा मासिक औसत १ लाख २० हजारभन्दा बढी सिलिण्डर खपत हुने गरेकोमा जनकपुरमा मात्र ७० हजार ग्यास सिलिण्डर खर्च हुने गरेको छ । धनुषामा हाल दुई सयजति ग्यास डिलरहरु छन् ।

धनुषामा नोबेल, जगदम्बा, अम्बर, सुपर, नेपाल, कामख्या, मनोजलगायत कम्पनीहरुले ग्यास आपूर्ति गर्ने गरेका छन् ।

 

प्रकाशित: Mar 22, 2020| 04:22 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।