शनिबार, वैशाख १५, २०८१

पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्न माग

भीमदत्त नगरपालिकाले कोरोना संक्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सरकारसित अनुरोध गरेको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

कञ्चनपुर- भीमदत्त नगरपालिकाले कोरोना संक्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सरकारसित अनुरोध गरेको छ।

triton college

नगर कार्यपालिकाको आज बसेको ४४औँ कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

कार्यपालिका बैठकमा भीमदत्त नगरपालिकाअन्तर्गत सबै अत्यावश्यक सेवा उपलब्ध गराउनेबाहेक सबै कार्यालय बन्द गर्ने निर्णयसमेत गरिएको छ।

यसैगरी बैठकले कोरोना रोकथामका लागि स्वमय्सेवक परिचालन, कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सहुलियत दिने, ५० श्ययाको प्री फाइभ आइसोलेशन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ।

नगरपालिकाले कोरोना संक्रमणबाट जोगिन सुरक्षाका उपायहरु अपनाउन र अत्यावश्यक कामबाहेक अरू समयमा घरबाहिर ननिस्कनु सबै नगरवासीलाई आग्रह गरेको छ।

corrent noodles
Metro Mart

नगर कार्यपालिकाका नगर प्रवक्ता हिमालबहादुर चन्दले कोरोना संक्रमणको जोखिम बढ्दै गएको कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न संघ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए।

‘कोरोनाको संक्रमण जोखिम बढ्दै गएको, नाकामा आउनेका भीड थामिनसक्नु छ। यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना छ’, नगर प्रवक्ता चन्दले भने, ‘त्यसकारण कार्यपालिका बैठकले नाका बन्दका लागि संघ सरकारसित अनुरोध गर्ने निर्णय गरेको हो।’

नगरप्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा कोरोना रोकथामका लागि हालसम्म गरिएका प्रयास, समस्या र चुनौती सम्बन्धित समेत छलफल गरिएको छ। भीमदत्तका नगरप्रमुख विष्टले कोरोना संक्रमणको जोखिम रोकथाम र पूर्वतयारीका लागि नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिए।

जिल्ला प्रशासन कार्यालयले शनिबार बिहानदेखि पश्चिमी सीमा नाका गड्डाचौकीबाहेक अन्य सबै नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गड्डाचौकी नाकामा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ। यसैगरी कोरोना बिरामीका लागि आइसिएचको एक सय श्ययाको भवनलाई क्वारेन्टाइन बनाउने तयारी गरिएको छ। रासस

प्रकाशित: Mar 21, 2020| 14:59 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।