शुक्रबार, वैशाख १४, २०८१

राजधानीबाट तीन दिनमा चार लाखभन्दा बढी बाहिरिए

कोरोना भाइरस (कोविड–१९) संक्रमणले विश्वभर महामारीको रूप लिएपछि यसको त्रासले राजधानीबाट बाहिरिनेहरू बढेका छन्। पछिल्लो तीन दिनयता चार लाखभन्दा बढीले सडक मार्ग हुँदै राजधानी छाडेका छन्।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं– कोरोना भाइरस (कोविड–१९) संक्रमणले विश्वभर महामारीको रूप लिएपछि यसको त्रासले राजधानीबाट बाहिरिनेहरू बढेका छन्। पछिल्लो तीन दिनयता चार लाखभन्दा बढीले सडक मार्ग हुँदै राजधानी छाडेका छन्।

triton college

नेपाल यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार कोरोना संक्रमण त्रासले बुधबारयता चार–पाँच लाखले राजधानीबाट बाहिरिसकेकाे बताए।

“कोरोना संक्रमण त्रासले राजधानीबाट घर फर्कनेको चाप बढेपछि गाेंगबुस्थित नयाँ बसपार्कमा थामिनसक्नुको भिड छ,” उनी भन्छन्। 

सामान्य अवस्थामा राजधानीबाट दैनिक ५० हजारको हाराहारीमा मानिसहरू बाहिरिने गरेको भए पनि पछिल्लो समय यो संख्या तेब्बर पुगेको छ। पछिल्लो समय दैनिक एक लाख ३० हजारदेखि एक लाख ५० हजार जतिले राजधानी छाड्ने गरेको महासचिव सिटौला बताउँछन्।

कोरोना संक्रमणबाट सतर्कता अपनाउन भन्दै सरकारले चैत १० देखि लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ।

corrent noodles
Metro Mart

यसले राजधानी छाड्नेको चाप आज झन् बढेको उनले बताए। “छोटो दूरीमा त समस्या छैन,” उनले भने, “लामो दूरी नेपालगन्ज, महेन्द्रनगर, दाङलगायत क्षेत्रमा समस्या हुने देखिएको छ।” यसको समाधानका लागि छलफल भइरहेको उनले बताए।

राजधानी सुनसान

कोरोना त्रासले राजधानी सुनसान छ। राजधानीका मल, सुपरमार्केट, पसलमा ग्राहक ह्वात्तै घटेका छन्। सडकमा मानिसको चाप न्यून छ।
अरु बेला भरिभराउ देखिने रेस्टुरेन्ट पनि अहिले खाली देखिन्छन्।

राजधानीको अनामनगरस्थित बाग्लुङे घुम्टे तन्दुरीमा कार्यरत एक कर्मचारी पछिल्लो समय ग्राहक आधाजति घटेको बताउँछन्। “कोरोना त्रास बढेपछि अहिले ग्राहक घटेका छन्,” उनी भन्छन्।

प्रकाशित: Mar 21, 2020| 04:02 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।