शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • डान्सिङ वीथ द स्टार नेपाल रियालिटी शोको मुख्य प्रायोजकमा आइएमई

डान्सिङ वीथ द स्टार नेपाल रियालिटी शोको मुख्य प्रायोजकमा आइएमई

 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो डान्सिङ वीथ द स्टार्स को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपालको पहिलो सिजन यही वैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।

triton college

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिई हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।

विश्वभर चलेको फर्म्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन् भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै परर्फमेन्स दिनेछन् । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन् ।

दर्शकहरुको भोट र निर्णायकहरुको मूल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जानेछन् । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् डान्सिङ वीथ द स्टार नेपाल रहने छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 19, 2020| 03:35 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्