शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा हाइ अलर्ट : जरुरीबाहेक हिँडडुलमा रोक, अधिकांश अन्तर्राष्ट्रिय उडान ठप्प

नेपालमा हाइ अलर्ट : जरुरीबाहेक हिँडडुलमा रोक, अधिकांश अन्तर्राष्ट्रिय उडान ठप्प

कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन भन्दै जरुरीबाहेक हिँडडुलमा रोक लगाउने, एसइईसहित सबै परिक्षा स्थगित गर्ने, अधिकांश अन्तर्राष्ट्रिय उडना बन्द गर्ने निर्णय गरेको छ ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको विषयलाई बिहीबारका सबैजसो राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

triton college

उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्व्य समितिको बुधबारको बैठकले कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन भन्दै जरुरीबाहेक हिँडडुलमा रोक लगाउने, एसइईसहित सबै परिक्षा स्थगित गर्ने, अधिकांश अन्तर्राष्ट्रिय उडना बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइे पनि निर्णय गरेको छ । मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने पनि बैठकले निर्णय गरेको छ।

यस्तै सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्नर नगराउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ। सरकारी निर्णयविपरित कुनै गतिविधि गरे कारबाही गर्ने पनि सरकारले निर्णय गरेको छ।

यस्तै कोरोना रोकथामको उपायस्वरूप सरकारले कोरोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ ।

corrent noodles
Metro Mart

युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाएर अन्य जुनसुकै मुलुकबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाएको हो । यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ । यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नयाँ पत्रिका दैनिकले हाइ अलर्टः शुक्रबारदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्द, २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, विद्यालयदेखि विश्वविद्यालय बन्द शीर्षकमा खबर छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले जरुरीबाहेक हिँडडुलमा रोकः एसईई स्थगित, शैक्षिक गतिविधि ठप्प शीर्षकमा समाचार लेखेको छ ।

नागरिक दैनिकले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनूः एसईई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन ठप्प शीर्षकमा ब्यानर न्यूज छापेको छ।

कान्तिपुर दैनिकले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध शीर्षकमा मुख्य समाचार छापेको छ । कृतिम अभाव, जम्माखोरी, कालोबजारी र। मिसावट गरे÷गराए कडा कारबाही गर्ने सरकारको निर्णयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित: Mar 19, 2020| 01:10 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।