शनिबार, वैशाख १५, २०८१

निर्यात बढेपछि व्यापार घाटा घट्यो

चालू आर्थिक वर्षको सात महिनामा व्यापारघाटा ५.३ प्रतिशतले घटेर ७३८ अर्ब ६३ करोडमा झरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– चालू आर्थिक वर्षको सात महिनामा व्यापारघाटा ५.३ प्रतिशतले घटेर ७३८ अर्ब ६३ करोडमा झरेको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा २७.१ प्रतिशतले वृद्धि भएको थियो। आयातमा कमी आएको र निर्यातमा वृद्धि भएका कारण व्यापार घाटामा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

triton college

अर्थमन्त्री डा. युवराज खतिवडा भएपछि आयातजन्य सामग्री कम गर्ने र निर्यात प्रवद्र्धनका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेका कारण आयातमा कमी आएको र निर्यातमा वृद्धि भएको अर्थ मन्त्रालयले दावी गरेको छ ।

चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट २२.४ प्रतिशतले निर्यातमा वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.५ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

नेपालबाट भारततर्फ निर्यात ३८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य), लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै यस अवधिमा आयात ३.६ प्रतिशतले घटेर ८०३ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ ।

corrent noodles
Metro Mart

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हट रोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगन्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा पनि ह्रास आएको छ।

प्रकाशित: Mar 18, 2020| 10:10 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्