शुक्रबार, वैशाख १४, २०८१

लगानी भित्र्याउन सरकार आतुर छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानीलाई स्वागत गर्न सरकार तयार रहेको बताएका छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानीलाई स्वागत गर्न सरकार तयार रहेको बताएका छन्। लगानी बोर्डको १० औं वार्षिकोत्सवमा बुधबार सम्बोधन गर्दै देउवाले लगानीलाई आवश्यक पर्ने वातावरण तयार गर्न सरकार तयार रहेको बताएका हुन्। 

triton college

देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताए। विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउन उल्लेख्य काम गरिरहेको पनि उनको भनाइ छ। उनले भने, ‘राष्ट्रिय गौरवको परियोजनामा निजी क्षेत्रको लगानी आवश्यक रहेकाले अब सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउनुपर्छ।'

प्रधानमन्त्री देउवाले राजनीतिक स्थायित्व प्राप्त भएसँगै मुलुक आर्थिक वृद्धिको यात्रातर्फ बढेको बताए। ‘नेपालले २०२३÷०२४ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्ने चाहना राखेको र २०३० सम्म आयकर वृद्धि भएको राष्ट्रको रूपमा रूपान्तरित हुने नीति राखेको छ। यी लक्ष्यका लागि हामीलाई पर्याप्त लगानी चाहिन्छ।’ अहिले वार्षिक ६ अर्ब डलर वित्तीय रिक्तता रहेको उनले बताए।

उनले नेपालमा लगानी भित्र्याउन लगानी बोर्डको भूमिका ठूलो रहेको बताए। लगानीको वातावरण पछिल्लो समयमा सुधारिँदै गएको दाबी उनको छ।  ‘सबै दलको अहिलेको नारा भनेको विकास नै हो यसका लागि लगानीको आवश्यक  छ।  लगानी भित्र्याउन सहजीकरण गर्ने काम लगानी बोर्डले गर्नेछ’, प्रधानमन्त्री देउवाले भने। 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताले समयमा नै लगानीका निर्णय नहुँदा लगानीको लागत बढ्ने बताए। यसले गर्दा लगानीकर्तामा निराशा उत्पन्न हुन सक्ने भन्दै उनले आयोजनाको निर्णय गरिदिनुपर्नेमा जोड दिए। 

corrent noodles
Metro Mart

मन्त्री शर्माले लगानीका लागि नेपालमा पर्याप्त कानुन रहे पनि कार्यान्वयनमा समस्या रहेको बताए। उनले नेपालको पुँजी भनेको श्रम, प्राकृतिक स्रोत र पर्यटन हो भन्दै यसको सदुपयोगका लागि विदेशी पुँजी आवश्यक रहेको स्पष्ट पारे। 

हङकङ रेडलाइनका तेस्रो अध्यक्ष झाङ साहुआले नेपालमा लगानीमैत्री वातावरण बनेकै कारण थप लगानी गर्न लागेकोे बताए। हाल सो ग्रुपद्वारा प्रवद्र्धित कम्पनी होङसी होल्डिङ कम्पनीले होङ्सी सिमेन्टमा लगानी गरिरहेको छ। सो ग्रुपले एचएस इन्भेस्टमेन्ट कम्पनीबाट दाङ सिमेन्टमा १५ अर्ब थप लगानी गर्ने तयारी पनि गरिरहेको छ। 


प्रकाशित: Sep 08, 2021| 14:20 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्