शुक्रबार, वैशाख १४, २०८१

दुर्घटना घटाउन कोटेश्वर-कलंकी सडकमा नयाँ व्यवस्था

नयाँ व्यवस्था अनुसार कम गतिमा गुड्ने सवारी साधनलाई बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनलाई दायाँ लेनमा सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– देशकै पहिलो ८ लेन कोटेश्वर–कलंकी सडकखण्डमा दुर्घटना घटाउन नयाँ व्यवस्था लागू गरिएको छ। नयाँ व्यवस्था अनुसार कम गतिमा गुड्ने सवारी साधनलाई बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनलाई दायाँ लेनमा सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

triton college

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रमबीच संयुक्तरूपमा रिवन काटेर यो व्यवस्था लागू गरेका हुन्।

सडक लेनलाई अनुशासित एवं व्यवस्थितरूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीहरूले सवारी साधनका लागि गरिएको नयाँ व्यवस्था व्यावहारिक र रचनात्मक भएको प्रतिक्रिया दिए। साथै उनीहरूले नयाँ व्यवस्था कार्यान्वयनका लागि प्रशासनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए।

सचेतनाका लागि प्लाकार्ड

corrent noodles
Metro Mart

महाशाखाले उक्त सडकखण्डमा लेन प्रयोगसम्बन्धी जानकारी दिने ३० भन्दा बढी बोर्ड राखेकाे छ। साथै चोकहरूमा लेन प्रयोगसम्बन्धी प्लाकार्डहरू बाेकेका ट्राफिक प्रहरीहरू पनि खटाइएका छन्।  

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सडक सुरक्षाका लागि पर्याप्त ट्राफिक प्रहरीहरू खटाइएको बताए।स्थानीय तहलगायत सरोकारवाला निकायहरूलाई जिम्मेवार बनाई यस नियमलाई कडाईका साथ पालना गर्ने उनकाे भनाइ छ। 

उनले नियम नमान्ने सवारी चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रूपैयाँसम्म जरिवाना गर्न सक्ने र यातायात व्यवस्था कार्यालयमार्फत पनि कारबाही हुने उनले बताए।

मासिक ८० सवारी दुर्घटना

लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना हुन थालेपछि महाशाखाले लेन अनुशासनलाई कडाईका साथ लागू गरेको जनाएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाही गरेकाले दुर्घटना हुने गरेको छ।

अभियानको अनुगमन र प्रभावकारी कार्यान्वयनका लागि महाशाखाले सरोकारवाला संघसंस्था, नागरिक समाजलगायतकाे अनुगमन समितिसमेत गठन गरेकाे छ।

पछिल्लो समय उपत्यकाको सवारी आवागमन थप सहज एवं प्रभावकारी बनाउन महाशाखाले स्थलगतरूपमा समस्याको पहिचान गरी कार्यान्वयन गरिरहेकाे छ।

प्रकाशित: Mar 15, 2020| 08:43 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।