शनिबार, वैशाख १५, २०८१

घरेलु मदिराको अवैध कारोबार प्रहरीसँगकै सेटिङमा

रमदैयामा घरेलु मदिरा बेचबिखनसम्बन्धी कारोबार छठिया र रामानन्दको नौलो होइन।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

जनकपुरधाम- घरेलु मदिरा सेवनले धनुषामा हालसम्म ११ जनाको ज्यान गइसकेको छ। होलीको दिन घरेलु मदिरा सेवन गर्नेहरुमध्ये क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा ८ र जनकपुरधाम उपमहानगरपालिका–७ मा तीन जनाको ज्यान गएको हो।

triton college

रमदैयाकी ७० वर्षीया सिलोचना देवी मण्डलले दुई छोरा गुमाएकी छन्। अर्का एक छोराको उपचार भइरहेको छ। सिलोचनाकी दुई छोरामध्ये राविलासको होलीको भोलिपल्ट र शुत्रध्नको शुक्रबार राति उपचारको क्रममा अस्पतालमा मृत्यु भयो। कान्छा छोरा भरत मण्डल रमदैयास्थित जानकी मेडिकल कलेजको आइसीयूमा भर्ना छन्।

मदिरा सेवन गरेर ज्यान गएको रामविलासका चार छोरी र एक छोरा छन्। जसमध्ये एक छोरीको मात्र विवाह भएको छ। यसैगरी शत्रुध्नका दुई छोरा र दुई छोरा छन्।

भारतको दिल्लीमा रोजगार गर्दै आइरहेका शत्रुध्न करिब दश दिनअघि मात्र गाउँ आएका थिए। कोरोना भाइरसको हल्ला चलेपछि उनी काम गर्ने कम्पनीले बिदा दिएको थियो। यसैगरी अर्का भाइ रामविलास पनि करिब १५ दिनअघिमात्र मलेसियाबाट फर्केका थिए।

होली भन्दै तीन भाइले घर छेउमै रहेको तारापट्टीवाली भनिने छठियादेवी मण्डलको पसलबाट खरिद गरेर मदिरा सेवन गरेका थिए। छठियादेवी तीनजना भाइको काकी पनि हुन्। प्रहरीले छठियादेवीलाई नियन्त्रणमा लिएको छ।

corrent noodles
Metro Mart

रमदैयामा मदिरा सेवनबाट ज्यान गएकाहरुले छठियादेवी र रामनन्द साहको भठ्ठीबाट मदिरा खरिद गरेको स्थानीयहरु बताउँछन्। मदिरा सेवनबाट मण्डलद्वयका साथै इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा, नीरश यादव र राजु महराको मृत्यु भएको छ। प्रहरीले पनि घरेलु मदिरा सेवनबाट उनीहरुको ज्यान गएको बताइएको छ।

रमदैया प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको निर्वाचन क्षेत्रसमेत हो।

प्रहरीको सेटिङ्ग

रमदैयामा घरेलु मदिरा बेचबिखनसम्बन्धी कारोबार छठिया र रामानन्दको नौलो होइन। स्थानीयहरुका अनुसार दुबैजनाले १० वर्षभन्दा बढी समयदेखि घरेलु मदिरा बेचबिखन गर्दै आएका छन्। प्रहरी चौकी पनि नजिकै छ। तर अवैध रुपले मदिरा बेचबिखन हुने गरेको स्थानीयको भनाइ छ।

२०७४ माघ २१ गते लक्ष्मिनियास्थित प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान मनोज प्रसइला १० हजार घुससहित पक्राउ परेका थिए। प्रसइलालाई अख्तियारको टोलीले जनकपुरस्थित भ्रमरपुरा चोकबाट पक्राउ गरेको थियो। उनले मदिरा पसल सञ्चालन गर्न सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए।

प्रहरीले महिनावारी असुल गरेर अवैध मदिरा व्यापारलाई फस्टाउन लगाएको रमदैयाका स्थानीयहरु भन्छन्। प्रहरी जवान घुससहित पक्राउ गरेको घटनाले स्थानीयहरुको आरोपलाई पुष्टि पनि गर्दछ।

नाम नछाप्ने शर्तमा एक स्थानीयले भने, ‘प्रहरीले महिनावारी असुल गरेपछि कसको के लाग्छ, सबै मिलमतो प्रहरीकै हुन्छ।’
‘नजिकै लक्ष्मिनिया र महेन्द्रनगर प्रहरी चौकी छ, तर पनि अवैध तरिकाले उत्पादन गरिएको मदिरा गाउँसम्म पुग्छ, प्रहरीलाई किन थाहा हुँदैन?,’ ती स्थानीयले प्रश्न गरे।

क्षिरेश्वरनाथ नगरपालिकाको बजार क्षेत्रभित्रै अवैध तरिकाले मदिरा उत्पादन भइरहे पनि त्यहाँ नजिकै रहेको प्रहरी चुप लागेर बसेको उनको आरोप छ।

अहिले मानिसको ज्यान गएपछि धरपकड गरेर प्रहरीले नाटकमात्र गरिरहेको रमदैयाका स्थानीयहरु बताउँछन्। ‘कुनै कारण प्रहरीले छापामारी नै गर्नुपरे त्यस्ता विक्रेताहरुलाई पहिल्यै जानकारी पुग्छ, हामी आउँदै छौँ भनेर,’ रमदैयाको रामानन्दको भनाइ उदृत गर्दै अर्का एक स्थानीयले भने।

स्थानीयहरुका अनुसार छठियादेवी र रामानन्द आफैले उत्पादन नगरे पनि अन्यत्रबाट ल्याएर मदिरा बेच्दै आएका छन्। घरेलु मदिरा बेचबिखनकै घटनामा रामानन्द करिब दुई महिनाअघि पनि पक्राउ परेका थिए।

तर, आइन्दा घरेलु मदिरा बेचबिखन नगर्ने शर्तमा वडाअध्यक्ष श्याम यादवको पहलमा रामानन्द हिरासतबाट बाहिरिएका थिए। गाउँमा मदिरा बेचबिखन नहोस स्थानीयहरुको पनि चाहना छ।

धनुषादेखि महोत्तरीको विभिन्न स्थानबाट पुग्छ खुल्ला मदिरा

धनुषामा खुल्ला मदिराको कारोबार वर्षौैदेखि भइरहेको छ। कतिपयले जिल्लाकै विभिन्न स्थानमा अवैध तरिकाले मदिरा उत्पादन गर्ने गरेका छन् भने महोत्तरीबाट समेत यहाँ मदिरा पुग्ने गरेको छ।

धनुषाको धारापानी, सखुवा महेन्द्रनगर, सपही, मालटोल लगायतका स्थानबाट यहाँ घरेलु मदिरा पुग्ने गरेको छ भने महोत्तरीको भंगहा नगरपालिकास्थित सकरी भन्ने स्थानबाट पनि मदिरा आउने गरेको छ।

अधिकांश मदिरा तस्करहरुले धनुषाको लक्ष्मिनियाँ बजारलाई भण्डार केन्द्र बनाएका छन्। लक्ष्मिनियाँका एक स्थानीयका अनुसार सबै ठाउँबाट आएको घरेलु मदिरा भण्डारण गरेर जिल्लाको विभिन्न भठ्ठीहरुमा पुर्याइन्छ।

लक्ष्मिनियाँ बजार र प्रहरी चौकीको दूरी मुश्किलले सय मिटर रहे पनि प्रहरी यसबारे अनभिज्ञ हुनुले पनि उनीहरुको मिलोमतो रहेको स्पष्ट हुने ती स्थानीयले बताए।

लक्ष्मिनियाँ बजारमै खुलेआम अवैध मदिरा भठ्ठीहरु सञ्चालन रहे पनि प्रहरीले बन्द गराउन नसकेको उनीहरु बताउँछन्।प्रहरीमाथि लागेको आरोपबारे बुझ्न खोज्दा प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्की र धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतको फोन उठेन।

सात जना पक्राउ

घरेलु मदिरा सेवनबाट झण्डै एक दर्जन मानिसको ज्यान गइसकेपछि प्रहरीले धनुषा र महोत्तरीका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरु रमदैयाका रमानन्द साह, तारा पट्टीवाली भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका–३ का जगतनारायण मण्डल र धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ बगेवाका नवीन यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शनिबार बिहान प्रहरीले लक्ष्मिनियाँ गाउँपालिकाको सपहीमा थापा भनिने योगेन्द्र ठाकुरको मदिरा भठ्ठीमा छापा मारेको छ। तर प्रहरी पुग्नु अगावै ठाकुरसहित परिवारका सबै सदस्य त्यहाँबाट निस्किसकेका थिए।

ठाकुरको घरमा ताल्चा लागेको थियो भने घर घेउमै रहेको भठ्ठीबाट प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने सामग्रीहरु नियन्त्रणमा लियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार ७ वटा मदिरा उत्पादन गर्ने भट्टी र हजारौं लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ।

प्रहरीले विभिन्न स्थानमा छापामारी ४ हजार लिटर मदिरा तयार पार्ने कच्चा पदार्थ, ८ सय लिटर तयारी मदिरा तथा भाँडाकुँडालगायतका सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए।

यसअघि पनि भइसकेको छ घटना

घरेलु मदिरा सेवनका कारण मानिसको ज्यान गएको धनुषामा यो पहिलो घटना होइन्। दश महिनाअघि मात्र घरेलु मदिरा सेवनकै कारण एउटै गाउँका ६ जनाको ज्यान गएको थियो। गत वर्ष असारमा धनुषाको कमला नगरपालिका–५ मा विषाक्त घरेलु मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको थियो।

विषाक्त मदिरा सेवनबाट ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणि पासवान, ४५ वर्षीय सावीर अन्सारी, राजवीर महतो र गंगा पासवानको ज्यान गएको थियो।

प्रकाशित: Mar 14, 2020| 14:52 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।