शुक्रबार, वैशाख १४, २०८१

स्तरोन्नति हुँदै नाग्म–गमगढी सडक, रारा जान सजिलो

कर्णाली प्रदेश सरकारले २०७५ वैशाखमा कर्णाली–रारा पर्यटन वर्ष धुमधामका साथ शुभारम्भ गर्‍यो।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

सुर्खेत- कर्णाली प्रदेश सरकारले २०७५ वैशाखमा कर्णाली–रारा पर्यटन वर्ष धुमधामका साथ शुभारम्भ गर्‍यो।

triton college

बाह्य र आन्तरिक गरी पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको प्रदेश सरकारको अपेक्षा भने पुरा भएन। जसको मुख्य कारण सडकको दुर्दशा हो। तर अब भने रारा पुग्ने पर्यटकलाई सजिलो हुने भएको छ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीयस्थल रारा पुग्ने नाग्म–गमगढी सडक स्तरोन्नति हुने भएको छ। सडकको स्तरोन्नति गर्न केन्द्र सरकारले नाग्म–गमगढी सडकको स्तरोन्नतिका लागि ५० करोड बजेट विनियोजन गरेको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष ०७३÷७४ बाट सुरु गरिएको २५ किलोमिटर सडकको डबल कटिङ्, नाला, ग्याभिङ् वाल र ग्राभेल भइरहेको छ।

केन्द्र सरकारबाट बजेट आएपछि बाँकी सडक खण्डको १०–१० किलोमिटरको निर्माणका लागि सम्झौता अन्तिम चरण पुगेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला भण्डारीले जानकारी दिए।

corrent noodles
Metro Mart

‘आगामी असार मसान्तसम्म ‘डबल लेन’ सडक निर्माणको काम सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गर्दैछौ’ उनले भने, ‘अबको १० दिनभित्र फिल्डमा गएर काम सुरु गर्नेगरी निर्माण व्यवसायीलाई खटाउने तयारी छ।’

डबललेन सडक निर्माणका लागि नाग्मदेखि गमगढीसम्म सडकको ग्राभेल गर्ने, नाला निर्माण, सडक फराकिलो र ग्याभिनवालको काम सञ्चालन गरिने भएको छ। आगामी आर्थिक वर्षमा नाग्म–गमगढी सडक खण्डको ९३ किलोमिटर नै डबल लेनको बनाउने उनको दाबी छ।

सडकको स्तरोन्नती हुन नसक्दा रारा पुग्ने जोसुकै पर्यटक र यात्रुहरुले सास्ती झेल्दै आएका थिए। सडक बनेको ट्रयाक खुलेको एक दशक बित्दा पनि स्तरोन्नतिको हुन सकेको थिएन।

प्रकाशित: Mar 13, 2020| 13:25 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।