शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कारोनाविरुद्ध सार्क राष्ट्र एक हुनुपर्ने मोदीको प्रस्तावमा ओलीको समर्थन

कारोनाविरुद्ध सार्क राष्ट्र एक हुनुपर्ने मोदीको प्रस्तावमा ओलीको समर्थन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सम्पूर्ण सार्क राष्ट्रका सरकार एक हुनुपर्ने प्रस्ताव गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको स्वागत गर्दै नेपाल सरकार कोरोनाविरुद्ध लड्न सार्क मुलुकसँग सहकार्यका लागि तयार रहेको बताएका छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सम्पूर्ण सार्क राष्ट्रका सरकार एक हुनुपर्ने प्रस्ताव गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको स्वागत गर्दै नेपाल सरकार कोरोनाविरुद्ध लड्न सार्क मुलुकसँग सहकार्यका लागि तयार रहेको बताएका छन्।

triton college

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै मोदीको प्रस्तावमा समर्थन जनाएका छन्। सार्क मुलुकमा कोरोनाको संक्रमण फैलिरहेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत सार्क राष्ट्रका सम्पूर्ण मुलुकका सरकारलाई सम्बोधन गर्दै कोरोना भाइरसका लागि एक भएर रणनीति बनाउनु पर्ने बताएका छन्। उनले भिडियो कन्फ्रेन्समार्फत कोरोना रणनीतिमाथि छलफल गर्न सकिने र यो प्रयास विश्वसमुदायकै लागि एक उदाहरण बन्ने बताएका छन्।

मोदीले ट्वीट गरेको केही समयपछि नेपालका प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउँदै उनको प्रस्तावलाई स्वागत गरेका छन्। ओलीले नागरिकको सुरक्षाका लागि आफ्नो सरकार सार्क मुलुकहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

corrent noodles
Metro Mart

मोदीको प्रस्तावलाई अन्य सार्क मुलुकहरुले स्वागत गरेपनि पाकिस्तान के गर्छ भन्ने विषयमा भने धेरैको चासो रहेको छ। यी दुई देशबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ। दुई देशका नेता तथा राष्ट्रप्रमुखहरुले एक अर्कालाई नजरअन्दाज गर्दै आएका छन्। पछिल्लो समय जम्मुकश्मिरको आत्मघाती बम हमला पछि यी दुई राष्ट्रहरुबीच सत्रुताको सम्बन्ध रहीआएको छ। यसबीच पाकिस्तान भारतीय प्रधानमन्त्रीको प्रस्तावमा सहमति जनाउला भन्ने प्रश्न खडा भएको छ।

प्रकाशित: Mar 13, 2020| 10:45 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।