बुधबार, वैशाख २६, २०८१

वन कार्यालयकी प्रमुख दुई लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय, दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय, दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित पक्राउ गरेको छ।

triton college

सेवाग्राहीबाट घुस लिएर दोलखाबाट काठमाडौं फर्कँदै गरेको अवस्थामा श्रेष्ठलाई बिहीबार साँझ दुई लाख तीन हजार पाँच सय रूपैयाँसहित भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ।

श्रेष्ठ बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट काठमाडौं आउँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

श्रेष्ठसँगै अन्य तीन जनालाई पनि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कोइरालाले बताए। उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियारले जनाएको छ।

श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरूसँग घुस लिएकोवारे अख्तियारमा उजुरी परेको जनाइएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 13, 2020| 07:10 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।