शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीको हत्या आरोपमा खोटाङका नवीन राई दक्षिणकालीमा पक्राउ

श्रीमतीको हत्या आरोपमा खोटाङका नवीन राई दक्षिणकालीमा पक्राउ

नेपाल प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

नेपाल प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नवीन राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

triton college

वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले होलीका दिन ३३ वर्षीया पुष्पा राईमाथि कुटपिट गरेर हत्या गर्ने नवीनलाई पक्राउ गरिएको जानकारी दिए । “श्रीमती पुष्पाको कपालमा समातेर घिसारेर कुटपिट गरी हत्या गरेर सडकको किनारा झाडीमा फालेको र उक्त शव भोलिपल्ट बिहान कोठामा ल्याएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो,” उनले भने ।

मृतक पुष्पाको मुख र टाउकोमा चोट लागेको थियो । पक्राउ परेका राई लामो समयदेखि बङ्गुर फार्ममा काम गर्दै आएका व्यक्ति हुन् । राईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित: Mar 12, 2020| 15:31 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।