शनिबार, वैशाख १५, २०८१

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं - एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसकासाथ ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले अब विश्वकाजुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको रु २ बोनस स्वरुप प्राप्त गर्नेछन्।

triton college

यो अफर बुधबार (फागुन २८) बाट लागु भएको छ र ३ महिनासम्म जारी रहने एनसेलले जनाएको छ। विदेशबाट गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म रु २ को दरले बोनस पाउँछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस प्राप्त गर्नेछन्।

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ। एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गर्न सक्नेछन्। त्यसैगरी, ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्ने कम्पनीले जानकारी दिएको छ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक साता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन्। यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समयअनुसार विजेताको छनोट गरिनेछ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Mar 12, 2020| 13:02 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्