शनिबार, वैशाख १५, २०८१

विप्लव समूहमाथिको प्रतिबन्ध : के-के भयो एक वर्षमा ?

वितेको एक वर्षमा वार्ता भन्दा सरकारले विप्लवका समुहका नेता कार्यकर्ता पक्राउ गर्नतर्फ ध्यान केन्द्रित गरेको छ । प्रतिबन्ध लगाएपछिको वर्षदिनमा उक्त समुहका एक हजार पाँच सय ७६ नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको छ ।

triton college

हिसांत्समक गतिबिधि गरेको र सर्वसाधरणलाई आतंकित बनाएको भन्दै सरकारले गएको फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा आक्रमण गरेपछि २८ गते सरकारले उसलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। त्यसपछि सरकारले विप्लव समूहविरुद्ध आक्रामक नीति लिएको थियो ।

सोहि नीति अनुरुप वितेको एक वर्षमा वार्ताभन्दा सरकारले विप्लव समूहका नेता-कार्यकर्ता पक्राउ गर्नतर्फ ध्यान केन्द्रित गरेको छ । प्रतिबन्ध लगाएपछिको वर्षदिनमा उक्त समूहका एक हजार पाँच सय ७६ नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

जसमध्ये एक सय ४१ जना अझै पुर्पक्षका लागि जेलमा छन् । ८४ जनाविरुद्ध अझै पनि सोधपुछ जारी छ । पक्राउमध्ये तीनजनाविरुद्ध मुद्दा दर्ता गर्न बाँकी छ । मुद्दा दर्ता भएका एक हजारभन्दा बढी छुटिसकेका छन् । प्रहरीले तीन सय ५२ लाई सोधपुछपछि छाडेको थियो ।

५१ हतियारसहित आठ सय ६० राउन्ड गोली बरामद

corrent noodles
Metro Mart

प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धपछिको एक वर्षमा विप्लव समूहबाट विभिन्न प्रकृतिका ५१ हतियारसहित आठ सय ६० राउन्ड गोली बरामद भएको छ । बरामद हतियारमध्ये सबैभन्दा धेरै पेस्तोल छन् ।

प्रहरीका अनुसार विप्लव कार्यकर्ताबाट ३२ थान पेस्तोल, एक थान रिवल्भर, थ्रिनट थ्री राइफल दुई, भरुवा बन्दुक ६, एसएलआर एक, एलएमजी एक, एसएमजी सात र एम–१६ मेसिन गन एक थान बरामद भएको छ ।

निराशा बढेपछि पार्टी छाड्ने पनि बढे

सरकारले विप्लव समूहविरुद्ध आक्रामक नीति लिएपछि कार्यकर्तामा बढ्दै गएको निराशाका कारण पार्टी छाड्ने पनि बढेका छन् । पार्टी नामको मात्रै भएको र खास काम गर्न नसक्ने अवस्थामा पुगेपछि अहिलेसम्म नौ सय ७३ ले पार्टी परित्याग गरेका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार विप्लव नेतृत्वको नेकपा छाड्नेमा सबैभन्दा धेरै काठमाडाैं उपत्यकाभित्र छन् । तथ्यांकअनुसार उपत्यकामा एक सय ९६ जनाले प्रतिबन्धित नेकपा छाडेका छन् ।

त्यसपछि सबैभन्दा धेरै छाड्नेमा सुदूरपश्चिम प्रदेशका छन् । यो प्रदेशबाट एक सय ७८ जनाले पार्टी छाडेका छन् । प्रदेश ३ मा एक सय ६१, प्रदेश १ मा एक सय ३९, प्रदेश ५ मा एक सय ३१, कर्णालीमा ६८, गण्डकीमा ७८ र प्रदेश २ मा २४ जनाले पार्टी परित्याग गरेका छन् ।

सरकारले नेता–कार्यकर्तालाई पक्राउ गरेर शक्ति क्षीण बनाउने नीति लिएपछि विप्लव समूह अहिले कमजोर अवस्थामा देखिएको छ । केन्द्रीय नेता, विद्यार्थी नेता र कार्यकर्ता पक्राउ पर्न थालेपछि विप्लव समूह रक्षात्मक बनेको अवस्थामा पुगेको प्रहरीको दाबी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाको जासुसी ब्युरोले समेत विप्लव समूहको गतिविधिलाई निगरानी गरिरहेको छ।

तत्कालीन एकीकृत माओवादीबाट फुटेर बनेको विप्लव नेकपाले आफूलाई ‘जनयुद्ध’ को असली हकदार दाबी गर्दै आएको छ। प्रतिबन्ध लागेपछि विप्लव नेकपाका नेता-कार्यकर्ता भूमिगत छन् ।

भूमिगतरुपमै गतिविधि गरिरहेको सो समूहले ऐनसेलका विभिन्न टावरमा क्षति पुर्याउनुका साथै मुलुकका विभिन्न भागमा बम राख्ने काम भने गरिरहेको छ।

प्रकाशित: Mar 11, 2020| 03:03 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।