शनिबार, वैशाख १५, २०८१

ग्यापुले ल्यायो चाडबाड अफर

नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ई-कमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ई-कमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ। हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभन्‍न सामान ग्यापुमार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन्। 

triton college

ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रुपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन्। यो छुट भदौ २२ गतेदेखि २४ गतेसम्म लागु हुनेछ।  त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैयाँसम्ममा १० प्रतिशत छुट पाउनेछन्। भदौ २० गतेदेखि यो छुट २६ गतेसम्म लागु हुनेछ। यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँ सम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन्। यो छुट भने भदौ २५ गतेसम्म लागु हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन्। 

फोन पेमार्फत भुक्तानी गर्दा २ सयको भौचर, एनआईसी एसियाको कार्डमार्फत भुक्तानी गर्दा २ सयको भौचर र इ सेवा बाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ। साथै खल्तीमार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गरिने बताइएको छ।

विदेशमा रहेका ग्राहकले पनि ग्यापुमार्फत नेपालमा हुनुभएको आफ्नो आफन्तलाई  सर्पाइज दिनको लागि उपहार अर्डर गर्नसक्नेछन् र ग्यापुले डेलिभरी गर्नेछ।


प्रकाशित: Sep 07, 2021| 18:40 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्