शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कृषि मन्त्री भुसाल प्रदेश सरकारका कृषि मन्त्रीसँगको छलफलमा

कृषि मन्त्री भुसाल प्रदेश सरकारका कृषि मन्त्रीसँगको छलफलमा

कृषि मन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषि मन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासको लागि सबै प्रदेशका विभागीय मन्त्रीहरुसँग सुझाब लिएका छन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

भैरहवा- कृषि मन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषि मन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासको लागि सबै प्रदेशका विभागीय मन्त्रीहरुसँग सुझाब लिएका छन्।

triton college

गत मंसिर २२ गते पनि प्रदेश मन्त्रीसँग बैठक गरेका भुसालले दोस्रो पटक पुनः बैठक छलफल गरेका हुन्।

कृषि क्षेत्रमा देखिने गरी दीर्घकालीन योजनासहित काम गर्ने रणनीति बनाइरहेका भुसालले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजना बनाएका छन्।

मन्त्री भुसालले संघ–प्रदेश–स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरुसँग सुझाब लिएका छन्।

मन्त्री भुसालले कृषिप्रधान मुलुक भनेर चिनिने नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने गरी कृषिको योजना अगाडि सार्न थालेका हुन्। उनले राष्ट्रिय पूजीको विकासमा योगदान दिने हिसाबले निर्वाहमूखी कृषिलाई व्यवसायिक बनाउने गरी योजना बनाइरहेका छन्।

corrent noodles
Metro Mart

मन्त्री भुसालले संघीय सरकारको योजनामा प्रदेश सरकार र स्थानीय तहको सहभागिता कसरी गराउने भन्ने विषयमा पनि छलफल गरेका हुन्।

बैठकमा सात वटै प्रदेशबाट सहभागी भएका कृषि मन्त्रीहरुले आफ्नो प्रदेश सरकारले कृषि क्षेत्रको सम्बन्धमा लिएको नीति, कार्यक्रम, योजना र बजेट समबन्धमा जानकारी गराएका थिए।

आईतबारको बैठकले विद्यमान कृषि परम्परा र कृषि क्षेत्रमा चल्दै आएको अभ्यास र कार्यक्रमले नेपालको कृषिको विकास नहुने हुँदा नयाँ र वैज्ञानिक ढंगको कृषि कार्यक्रम र नीति जरुरी रहेको निश्कर्ष निकालेको छ। यसैगरी बैठकले कृषिका सबै नीति, कार्यक्रम र योजनाहरुको विषयमा पनि पुनर्विचार गर्नुपर्ने निचोड निकालेको छ।

बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीहरु प्रदेश १ का राम राना, प्रदेश २ का शैलेन्द्र साह, बागमती प्रदेशका दावा दोर्जे लामा, गण्डकी प्रदेशका लेखबहादुर थापा, प्रदेश ५ का आरती पौडेल, कर्णाली प्रदेशका विमला केसी र सुदुरपश्चिम प्रदेशका र बिनितादेवी चौधरी सहभागिता रहेको छ।

प्रकाशित: Mar 08, 2020| 14:28 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।