शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बच्चाले क्रिकेट खेल्दा ब्याट भाँच्चिएको निहुँमा आमामाथि तेजाब प्रहार

बच्चाले क्रिकेट खेल्दा ब्याट भाँच्चिएको निहुँमा आमामाथि तेजाब प्रहार

छिमेकमा बच्चाहरुले क्रिकेट खेल्दा ब्याट भाँच्चिएको निहुँमा कपिलवस्तुमा एक जनाले महिलामाथि तेजाब प्रहार गरेका छन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– छिमेकमा बच्चाहरुले क्रिकेट खेल्दा ब्याट भाँच्चिएको निहुँमा कपिलवस्तुमा एक जनाले महिलामाथि तेजाब प्रहार गरेका छन्।

triton college

प्रहरीका अनुसार घटना फागुन २३ गतेको हो। महाराजगञ्ज नगरपालिका–१ की ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको प्रहरीले जनाएको छ।

तेजाब प्रहारबाट देवमती गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए। उनको निधार र शरीरका विभिन्न भाग जलेको छ।

कपिलवस्तु जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनको थप उपचार युनिभर्सल मेडिकल कलेज भैरहवामा भइरहेको खरेलले जानकारी दिए। उनी बोल्न सक्ने अवस्थामा नरहेको अस्पतालले जनाएको खरेलले बताए।

गुप्ता र वरईको छोराले क्रिकेट खेल्दा गुप्ताको छोराले ब्याट भाँचेपछि ब्याटको पैसा तिर्ने विषयमा झगडा हुँदा गुप्तामाथि ब्याट्रीमा राख्ने तेजाब प्रहार भएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

‘भाँच्चिएको ब्याटको पैसा तिर्नुपर्छ भनेर वरईको पसलमा जाँदा विवाद भएपछि ढुंगा हानाहानसमेत भएको रहेछ,’ खरेलले भने, ‘त्यही रिसको झोकमा तेजाब प्रहार गरेछन्।’ वरईले ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्दै आएका छन्।

गुप्ता र वरईबीच पहिलेदेखि नै झगडा हुँदै आएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ। तेजाब प्रहार गर्ने वरईलाई प्रहरीले घटना भएकै दिन नियन्त्रणमा लएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको जनाएको छ।

प्रकाशित: Mar 08, 2020| 08:12 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।