शुक्रबार, वैशाख १४, २०८१

देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो ।

triton college

समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कार गर्न देशभरबाट मृत शरीर ल्याउने गरिन्छ ।

उक्त सङ्गममा दैनिक १० भन्दा बढीको दाहसंस्कार गरिन्छ । त्यसमध्ये मासिक कीरब पाँच जनाको रातिमा दाहसंस्कार हुन्छ । काठमाण्डौँको पशुपति आर्यघाटपछि सबैभन्दा धेरै दाहसंस्कार गर्ने घाटका रुपमा देवघाटलाई लिइन्छ ।

केही महिनाअघि देवघाटमा रातिमा दाहसंस्कार गर्न ल्याइएका एक बालक जीवितै भेटिएका थिए । त्यस्तै शङ्कास्पद मृत्यु या हत्याको घटना रातिमा नै दाहसंस्कार गर्न ल्याउने सूचना पाएपछि आफूहरुले धेरैपटक प्रहरीलाई खबरसमेत गरेको अध्यक्ष पौडेलले बताए ।

देवघाटमा दाहसंस्कार गर्न ल्याउने मृतकको सबैभन्दा नजिकको आफन्तले मत्युसम्बन्धी फाराम भर्नुपर्ने हुँदा रातिमा कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या भइरहेको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिए । उनका अनुसार विभिन्न कारणले राति १० बजेपछि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाइने निर्णय भएको छ । राति १० बजेपछि घाटमा आइपुग्नेका लागि नदी किनारमा घाट घरको व्यवस्थापन गरिने भएको छ ।

corrent noodles
Metro Mart

बैठकमा सहभागी तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र चितवनका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले कतिपय शङ्कास्पद मृत्यु हतारहतार रातिमा नै दाहसंस्कार गरिहाल्ने र प्रमाण मेटिने भएका कारण रातिमा दाहसंस्कार गर्न रोक लगाउनु उचित हुने बताए ।

रासस

प्रकाशित: Mar 06, 2020| 06:58 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।