शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारको पुष्टि भएपछि पनि साढे १२ वर्षसम्म जागिरमै

भ्रष्टाचारको पुष्टि भएपछि पनि साढे १२ वर्षसम्म जागिरमै

जनस्वास्थ्य कार्यालय, धादिङका एक जना कार्यालय सहयोगीले विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि पनि साढे १२ वर्ष जागिर खाएको खुलेको छ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं- जनस्वास्थ्य कार्यालय, धादिङका एक जना कार्यालय सहयोगीले विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि पनि साढे १२ वर्ष जागिर खाएको खुलेको छ।

triton college

कार्यालय सहयोगी हरि बहादुर हमालले भ्रष्टाचार कसुर गरेको विशेष अदालतले ठहर गरेपछि पनि साढे १२ वर्ष जागिर खाएको खुलेको हो।

भ्रष्टाचार गरेको कसुर प्रमाणित भए पनि हमालले २०६० जेठ ५ गतेदेखि २०७२ मंसिर १५ गतेसम्म नियमित सेवामा कार्यरत रही तलब भत्ता लगायतको सेवा सुविधाबापत ३४ लाख ३३ हजार ७ सय ८३ रुपैयाँ बुझेको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार हालले उक्त रकम राजीनामा पश्चात नियमानुसारको करकट्टी गरेर उपचार खर्चबापतको रकम, सञ्चित घरबिदा तथा बिरामी बिदा र निवृत्तभरण बापतको रकम बुझेको अख्तियारले जनाएको छ।

भ्रष्टाचारको कसुर प्रमाणित भएपछि अदालतले तोकेको जरिवाना र बिगोबापतको रकम दाखिला गरेको पत्र प्राप्त भएर पनि हमाललाई तलबभक्ता खुवाउने दुई जना कार्यालय प्रमुखविरुद्ध पनि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

corrent noodles
Metro Mart

हमालसहित उनलाई तलव भत्ता भुक्तानी दिने तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नरेश प्रताप केसी र बरिष्ठ जनस्वास्थ्य प्रशासक (हाल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा कार्यरत) जीवन कुमार मल्लविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

कार्यालय प्रमुख डा. केसीले हमालविरुद्धको फैसलाको जानकारी प्राप्त गरेपछि पनि कारवाही नगरी २०६० साल मंसिर देखि २०६० साल फागुन चार महिनाको १४ हजार ९ सय ८ रुपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ। केसीविरुद्ध १४ हजार ९ सय ८ रुपैयाँ नै बिगो मागदाबी गरिएको छ।

अर्का कार्यालय प्रमुख मल्लले हमालले भ्रष्टाचार कसुर गरेको ठहर भएको जानकारी गराइएको पत्र प्राप्त भएपछि पनि उनले दिएको राजीनामा स्वीकृत गरी नियमानुसार कर कट्टी गरेर उपचार खर्चबापतको रकम, सञ्चित घर बिदा तथा बिरामी बिदाबापतको रकम गरी ७ लाख ६४ हजार ६ सय ४३ रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ।

साथै मल्लको सिफारिसकै आधारमा हमालले निवृत्तिभरण बापतको १४ लाख ७० हजार ३ सय ७९ रुपैयाँ भुक्तानी लिएको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ।

मल्लविरुद्ध अख्तियारले सरकारको रकम हानी नोक्सानी गरेको पुष्टि हुन आएको भन्दै १४ लाख ७० हजार ३ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ।

कार्यालय सहयोगी हमाल र लेखनदास नारायण श्रेष्ठविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले २०६० सालमै भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै दुबै जनालाई जरिवानाको फैसला गरेको अख्तियारले जनाएको छ।

प्रकाशित: Mar 05, 2020| 14:03 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।