बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • पोखरा पुगेर माधव नेपाललाई ओलीको चेतावनी - मुकाबिला गर्ने सपना नदेखे हुन्छ

पोखरा पुगेर माधव नेपाललाई ओलीको चेतावनी - मुकाबिला गर्ने सपना नदेखे हुन्छ

पोखरामा पुगेर एमाले अध्यक्ष ओलीले नेकपा एमाले जनताको पक्षमा भएकोले मुकाबिला गर्ने सपना नदेख्‍न चेतावनी दिएका हुन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुकाबिला गर्ने सपना नदेख्‍न चेतावनी दिएका छन्। पोखरामा पुगेर एमाले अध्यक्ष ओलीले नेकपा एमाले जनताको पक्षमा भएकोले मुकाबिला गर्ने सपना नदेख्‍न चेतावनी दिएका हुन्। 

triton college

पोखरामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको सत्ता साझेदार दलहरुसँग विकास भन्‍ने चितको वैरभाव रहेको टिप्पणी गरेका छन्। 

उनले भनेका छन्, 'मकहाँ आउँदा कोही भाइ त कोही छोरीवादमा कुद्ने, कामै गर्न नदिने, विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे। माधव नेपालको प्युसो। उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ!'

उनले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल सुरु गरेको आरोप लगाए। नेकपा एमालेबाट विभाजित भएपछि माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरेका छन्। 

प्रकाशित: Sep 07, 2021| 14:29 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...