आइतबार, वैशाख २३, २०८१

६ सचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ६ सचिवको सरुवा गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– सरकारले ६ सचिवको सरुवा गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो। यस्तै, बैठकले एक–एक सचिव र कामु सचिवको पदस्थापन गरेको छ।

triton college

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्य गौतमको सरुवा गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपाने भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराल उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन्।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएकी छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चन्द्र घिमिरेलाई ल्याइएको छ।

नयाँ बढुवा भएका सचिव एकनारायण अर्याललाई बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकरी अधिकृतमा पदस्थापन गरेको छ भने कामु सचिवमा बढुवा भएका सहसचिव रामशरण पुडासैनीलाई अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारी दिइएको छ।

corrent noodles
Metro Mart

सरुवा र पदस्थापन भएका सबै सचिवले मंगलबार पत्र बुझेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 03, 2020| 07:59 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।