शनिबार, वैशाख १५, २०८१

डेबिड बेकहमको अमेरिकी क्लब ‘मायामी’

विश्वप्रसिद्ध फुटबल खेलाडी डेबिड बेकहमको फुटबल टोली इन्टर मायामीले अमेरिकन शीर्ष लिगको डेब्यू खेलमै हार बेहोरेको छ। मेजर लिग सकरको पहिलो चरणको खेलमा मायामी लस एन्जलस बाल्कोनसँग १-० ले पराजित भयो।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

अमेरिका - विश्वप्रसिद्ध फुटबल खेलाडी डेबिड बेकहमको फुटबल टोली इन्टर मायामीले अमेरिकन शीर्ष लिगको डेब्यू खेलमै हार बेहोरेको छ। मेजर लिग सकरको पहिलो चरणको खेलमा मायामी लस एन्जलस बाल्कोनसँग १-० ले पराजित भयो।

triton college

इंग्ल्याण्डका पूर्वकप्तान बेकहमको अथक प्रयासपछि जन्मिएको क्लबले डेब्यू खेलमा जित निकाल्ला भन्ने सबैले सोचेका थिए। तर, सोचेजस्तो भएन।

मायामीले गत वर्षको दोस्रो लिग (युएसएल च्याम्पियनसिप)को लिग विजेता हुँदै शीर्ष लिगमा प्रवेशको अवसर पाएको थियो। क्लबले डेब्यू खेल नै अवे खेल्नु पर्दा दबाब थियो। कार्लोस भेलाले २० यार्डबाट गरेको प्रहार मायामीको हारका लागि पर्याप्त भयो।

क्लबका अध्यक्ष बेकहमले उक्त खेल डाइरेक्टर्स रुममा बसेर श्रीमती भिक्टोरिया र छोरा ब्रुकलिनका साथमा हेरिरहेका थिए। क्लबको ओपनिङ खेलमा मायामीले ठूलो संख्यामा दर्शक तान्न सफल भएको थियो। अमेरिकन लिगको पहिलो चरणको सबैभन्दा धेरै प्रतिक्षा गरिएको खेल नै यही बन्यो। १० वर्ष यताकै ठूलो मात्रामा टिकट यही क्लबको पहिलो खेलमा बिक्री भएको छ।

खेलपछि सामाजिक सञ्जालमा बेकहमले भने, ‘आज क्लबप्रति ठूलो गर्वगर्न लायकको माहोल बनेको छ। र, टिमले राम्रो गरेको छ। यो सबै लामो यात्रापछि सम्भव भएको हो। हामीले सुरुबाट लामो दुरी पार गरेर आएका छौं। अगाडिको खेलका लागि पनि उत्साहित छौं।’

corrent noodles
Metro Mart

बेकहमले किन लिए अमेरिकी टिम?

बेकहमले सन् २००७ मा रियल मड्रिड छोडेपछि एलए ग्यालेक्सिमा अनुबन्धित भए। अनुबन्धनकै क्रममा उनले एउटा उपहार पाए। उपहार थियो- ‘मेजर लिग सकर’को मताधिकार भविष्यमा सानो रकममा किन्न मिल्ने सम्झौता।

उनले ६ वर्ष अघि त्यो विकल्पलाई प्रयोगमा ल्याए। तर, स्टेडियमको विवादका कारण तत्कालै टिम बिल्डअप गर्न सकेनन्। केही समयपछि भने खेलाडीहरु भेला गर्न पनि सफल बन्दै गए। अन्ततः सन् २०१८ मा क्लब गठन भयो। मैदान अभाव यथावत नै थियो। क्लबले मायामीभन्दा ३० माइल टाढा खेल्नलाई मैदान व्यवस्था गर्यो। क्लबले होमग्राउन्ड तयार नभएसम्म यसलाई प्रयोग गर्ने छ। अर्थात् २०२२ सम्म। स्टेडियम १८ हजार दर्शक क्षमताको हुने छ।

‘क्लब बनाउँदाको समयमा जति दुःख गरे पनि म क्लबलाई छोडेर जान्छु भन्ने कहिल्यै लागेन।’, उनले पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘म सधैं चुनौतिको सामना गर्न मन पराउँछु। तर, क्लब नै जिम्मा लिनु कत्रो चुनौति हुनेछ भनेर मैले सोचेको छैन।’

इन्टर मायामीबारे

क्लबको पूरा नाम ‘क्लब इन्टरनेसनल डे फुटबल मियामी’हो।

मायामीले जारी लिगमा राम्रो नजिता ल्याउने विश्वास गरेको छ। त्यही विश्वासमा रहेर क्लबका खेलाडीले पनि प्रदर्शन राम्रो गर्ने बताएका छ। तर, त्यही ठाउँमा रहेर ३० फ्लोरिडाका क्लबले खेलिसकेका छन्। ती क्लबले भने सफलता पाउन सकेनन्। अन्त्यमा फ्लप भए।

पछिल्ला समयमा जन्मिएका र पहिल्यैबाट रहेका अन्य क्लबको तुलनामा इन्टर मायामीले राम्रो फ्यानबेस पाएको छ। लिगको खेलअघि नै क्लबले ठूलो मात्रामा प्रशंसक जम्मा गर्न सफल बनेको छ। इन्टर मायामीलाई सपोर्ट गर्न स्टेडियममा प्रशंसकको ठूलो जमघट हुन थालेको छ। साथै क्लबका नाममा ब्यानर, झन्डा र ड्रमलगायतका पर्चा बन्न सुरु भइसकेका छन्।

क्लबले पहिलो सिजनमा उपाधि नै भने सोचेको छैन। यसको पुष्टि सिजन सुरु भइसक्दा पनि युरोपका ठूला खेलाडीहरुलाई क्लबले भित्र्याउन नचाहेको देख्दा स्पष्ट हुन्छ। लिग जित्नलाई उसले अझै राम्रा खेलाडी अनुबन्धन गर्नुपर्ने हुन्छ।

शीर्ष लिगमा बढुवा भएसँगै उसले तीन खेलाडी मात्र अनुबन्ध गरेको छ। अनुबन्धित खेलाडीमा अर्जेन्टिनी टिनएजर मातियास पेलेग्रिनी र मेक्सिकोका मिडफिल्डर पिजारो रहेका छन्। स्कटल्यान्डका विन्गर मोर्गेनले भने सेल्टिक छोडेर जनवरीमा क्लब आएका थिए।

क्लबका मुख्य प्रशिक्षक डियागो एल्सोनले मेक्सिकन साइडबाट दुई कोन्काक्याफ लिग जितिसकेका छन्। लिगमा डेब्यू गर्नुअघि उनीहरुले ६ मैत्रिपूर्ण खेल खेलेका छन्। तर, दुई खेल मात्र दर्शकका लागि खुला गरिएका थिए।

Image result for inter miami cf

प्रकाशित: Mar 02, 2020| 11:22 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।