शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गाँजा खेती खुला गर्न संसदमा दर्ता भयो विधेयक, के छ विधेयकमा ?

गाँजा खेती खुला गर्न संसदमा दर्ता भयो विधेयक, के छ विधेयकमा ?

गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयकमा गाँजा बहुउपयोगी भएकाले खुला गर्नुपर्ने उल्लेख छ ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौँ- गाँजा खेती खुला गर्नुपर्ने भन्दै संघीय संसदमा विधेयक दर्ता भएको छ ।  प्रतिनिधिसभामा सचिवालयमा प्राइभेट बिलका रुपमा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले आज (सोमबार) विधेयक दर्ता गराएका हुन् ।

triton college

उनले गाँजा औषधीकै रुपमा प्रयोग हुने भएकाले वास्तविक किसानलाई फाइदा होस् भन्ने उद्देश्यले विधेयक दर्ता गरिएको नेपाल समयलाई जानकारी दिए । यस विषयमा विभिन्न सरकारी निकायहरुसँग पनि आफूले छलफल गरेर विधेयक तयार पारेको उनले बताए ।

गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयकमा गाँजा बहुउपयोगी भएकाले खुला गर्नुपर्ने उल्लेख छ । अहिले पनि गाँजा खेती भइराखेको तर त्यसबाट तस्करहरुले लाभ लिएको भन्दै यसलाई राज्यको निगरानीमा खेती गर्न र बेचबिखन गर्न पाउने गरी खुला गर्नुपर्ने विधेयकमा उल्लेख छ ।

तामाङले तयार पारेकाे मस्यौदा अनुसार उत्पादन र नियन्त्रण पूर्णयता सरकारको हुनेछ । तोकिएको निश्चित प्रतिशत बाहेक क्षेत्रमा गाँजा खेती गर्न पाइने छैन। यस्तै मूल्य निर्धारण सरकारले गर्नेछ भने आन्तरिक बजारमा विक्री गर्न नपाइने पनि उल्लेख छ ।

यसअघि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सांसद विरोध खतिवडालगायतले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए।

corrent noodles
Metro Mart

यस्ताे छ विधेयक

प्रकाशित: Mar 02, 2020| 05:42 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।