शुक्रबार, वैशाख १४, २०८१

चौधौं महाधिवेशनका लागि कांग्रेसले तय गर्‍याे यस्तो नारा

सत्तारुढ दल नेपाली कांग्रेसले चौधौं महाधिवेशनका लागि नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार महाधिवेशनको नारा तय गरेको हो।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले चौधौं महाधिवेशनका लागि नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार महाधिवेशनको नारा तय गरेको हो।

triton college

विभागका अनुसार महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं १४ औं महाधिवेशन’ नारा तय गरिएको छ।

त्यसैगरी विभागले  ‘प्रविधि मैत्री कांग्रेस’ अभियान चलाउने निर्णय पनि गरेको छ। 

विभागको बैठकले १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। सो अवसरमा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी विषयमा ‘प्यानल डिस्कसन’ गरिनेछ। 

‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख सुरेश आचार्यलाई दिइएको छ। कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएका छन्।

corrent noodles
Metro Mart

त्यसैगरी कांग्रेसले सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार गर्ने र विपक्षीको प्रतिवाद गर्ने रणनीति बनाएको छ। यसका लागि  ‘वार रुम’ बनाइनेछ।

पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा संयोजक रहेको विभागले कांग्रेसका विषयमा व्यापक सूचना प्रणालीभित्र राख्न एनसी विन गठन गरेको छ। ‘प्रविधिमैत्री कांग्रेस अभियान निरन्तरताका क्रममा एनसी विन गठन गरिएको छ। पार्टीको प्रविधिसम्बन्धी र सामाजिक सञ्जाल समन्वयसम्बन्धी कार्यमा सरिक साथीहरू संगठित गर्दै एनसी विङ निम्न दायित्व केन्द्रित रहनेछ,’ विभागको निर्णयमा भनिएको छ, ‘तत्कालीन काम– पार्टीको १४ औं महाधिवेशनको प्रचार, अल्पकालीन काम–स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (वार रुमको संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने।’ 

विभागले कांग्रेस विनको दीर्घकालीन काम भने पार्टीको विभिन्न तहलाई प्रविधिमार्फत सहजीकरण र सामाजिक सञ्जालमार्फत सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालीन उपयोगमा केन्द्रित रहने भन्ने छ। 


प्रकाशित: Sep 07, 2021| 13:27 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...