शुक्रबार, वैशाख १४, २०८१

मिथिलामे राम खेलए होली...

'मिथिलामे राम खेलए होली, मिथिलामेकिनकाके हाथ कनक फिचकारी, किनकाके हाथ अबिर झोरी’
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

जनकपुरधाम -

triton college

'मिथिलामे राम खेलए होली, मिथिलामे
किनकाके हाथ कनक फिचकारी, किनकाके हाथ अबिर झोरी’

अर्थात मिथिलामा भगवान राम होली खेलिरहेका छन्। पिचकारी र अबिर क-कसको हातमा छ?

यस्तै होलीको लोकलयमा आधारित गीतले आइतबार महोत्तरीको कञ्चनवनमा गुञ्जिरेहेको थियो। १५ दिनमा मिथिला मध्यमा परिक्रमामा सहभागी तिर्थालुहरु होलीका लोकगीतहरुमा झुमेर नाचगान गरिरहेका थिए।

१५ दिने यात्राको आठौं दिन मिथिला मध्यमा परिक्रमा महोत्तरीको कञ्चनवन पुगेपछि त्यहाँ होली खेल्ने परम्परा रहेको छ। महोत्तरीको ध्रुवकुण्डमा शनिबार बास बसेर कञ्चनवन पुगेका परिक्रमाका साधुसन्त, महन्त, नागासहित सहभागी तिर्थालुहरुको अनुहार र कपडा विभिन्न रंगले रंगिएको थिए।

corrent noodles
Metro Mart

हरेक वर्षझैं कञ्चनवनमा परिक्रमा पुग्नुअगावै होलीको तयारी पूरा भइसकेको थियो। मैथिली लोकभाकाका होलीका गीत बज्दै गर्दा पछिल्लो एक सातादेखि पैदल धार्मिक यात्रा गरिरहेका श्रद्धालुहरुमा थकानको थोरैपनि छनक थिएन। आठ दिनसम्म लगातार यात्रा गरेका परिक्रमाका तिर्थालुहरुको उत्साह र जाँगर देखेर आजैबाट परिक्रमा सुरु भए झैँ लागिरहेको थियो।

परिक्रमाका तिर्थालुहरुमा उत्साह र जाँगर थपे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले। कञ्चनवनमा परिक्रमाको होलीमा सहभागी हुन आइतबार मन्त्री भट्टराई त्यहाँ पुगेका हुन्। भट्टराईले मिथिला मध्यमा परिक्रमालाई थप संवर्द्धन एवं प्रवर्द्धन गर्न आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताए। नेपाल र भारतका श्रद्धालु सहभागी हुने १५ दिने पदयात्रा धार्मिक तथा संस्कृतिक एकताको ठूलो उदाहरण भएको उनले बताए।

त्रेता युगमा भगवान रामले कञ्चनवनमा होली खेलेको मान्यता रहेको छ। धार्मिक तथा पौराणिक मान्यताअनुसार भगवान रामले होली खेलेको ठाउँ कञ्चनवन पुगेपछि परिक्रमाका तिर्थालहरु हरेक वर्ष होली मनाउने गर्दछन्।

वसन्त पञ्चमीदेखि नै होलीको सुरुवात हुनेगरेको मान्यता रहेपनि मिथिलाञ्चलमा कञ्चनवनको होलीपछि औपचारिक रुपमा सुरु हुन्छ। धनुषास्थित कचुरी मठको मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा जनकपुरको अग्नी कुण्डबाट किशोरीजीको डोलासहित जनकपुरबाट सुरु भएको परिक्रमाका तिर्थालुहरु भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्र्रवकुण्ड हुँदै कञ्चनवन पुग्ने गर्दछन्।

मिथिला मध्यमा परिक्रमा १८ औं शताब्दीदेखि नै मनाइँदै आइएको परिक्रमाको संयोजन गरिरहेका जनकपुरस्थित अग्नी कुण्डका महन्त नवलकिशोर शरण बताउँछन्। नेपाल तथा भारतकै सबैभन्दा लामो दूरीको धार्मिक यात्रा रहेपनि यसको प्रवर्द्धन एवं प्रचारप्रसारमा राज्यले चासो नदेखाएको उनको आरोप छ।

यात्राका सहभागीहरु नेपाल तथा भारतका विभिन्न धार्मिक पडावहरुमा पुग्दै फागुपूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेर १५ दिने धार्मिक यात्रा सम्पन्न गर्ने गर्छन्। अन्तरगृह परिक्रमाको भोलिपल्ट मात्रै जनकपुर क्षेत्रमा होली मनाउने परम्परा रहेको छ।

मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौं तिर्थालु सहभागी छन्। नेपाल र भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको यस धार्मिक यात्राका सहभागीले नेपालमा १०७ र भारतमा २६ किलोमिटर गरी कूल १३३ किलोमिटर लामो धार्मिक यात्रा हिँडेर पुरा गर्ने गर्छन्।

प्रकाशित: Mar 01, 2020| 11:13 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।