बुधबार, वैशाख २६, २०८१

कोरोना नियन्त्रणमा यस्ता छन् १३ मुलुकका प्रयास

डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका ५० भन्दा बढी मुलुकमा फैलिएको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं– डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका ५० भन्दा बढी मुलुकमा फैलिएको छ।

triton college

विश्व स्वास्थ्य स‌ङ्गठनका अनुसार भाइरस संक्रमणका कारण २९ सय मानिसको ज्यान गएको छ भने ८५ हजार मानिसमा संक्रमण भएको छ।

विगत साताको तुलनामा चीनमा संक्रमण दर न्यून हुँदै गए पनि इरान, दक्षिण कोरिया, इटालीलगायतका मुलुकमा महामारी फैलन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भाइरस संक्रमण रोक्न विश्वका विभिन्न मुलुकले कसरी सजगता अपनाएका छन् त ? यहाँ विश्वका विभिन्न १३ मुलुकले शनिबार गरेका गतिविधि समेटिएको छ।

दक्षिण कोरिया : सोलमा रेल र बस सेवालाई भाइरसविहीन बनाइएको छ। देशभर उच्चस्तरको सुरक्षा जोखिम घोषणा गरिएको छ।

corrent noodles
Metro Mart

यस्तै रोग ट्र्याक गर्ने मोबाइल एप्सको विकास गरिएको छ। एप्समा कोरोनाबारे विभिन्न जानकारीका साथै संक्रमित आफूभन्दा कति नजिक छ भन्ने पनि थाहा पाइने बताइएको छ।

उत्तर कोरिया : सर्वोच्च नेता किम जुन उनले भाइरस नियन्त्रणका लागि प्रयास जारी राख्न निर्देशन दिएका छन्। उनले वर्कस् पार्टीको बैठकमा परीक्षण र नियन्त्रण प्रक्रिया सबल बनाउन सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न आदेश दिएका हुन्।

संयुक्त राज्य अमेरिका : दक्षिण पूर्वीय एसियाली मुलुक र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मार्च १ मा हुने भनिएको बैठक स्थगित भएको छ। बैठक लस भेगासमा हुने तयारी थियो।

अमेरिकाले आफ्ना नागरिकलाई कोरोना भाइरस संक्रमित मुुलुक भ्रमणमा रोक लगाएको छ ।

इरान : मास्क उत्पादन वृद्धि गरिएको छ। तर कुनै पनि सहरलाई क्वारेन्टाइन बनाउने योजना बनाएको छैन।

इटाली : फुटबल खेलका सबै गतिविधि बन्द गरिएका छन्। देशको उत्तरी भागमा सडक आवागमनमा रोक लगाइएको छ। धेरै बस्तीहरूमा क्वारेन्टाइन बनाइएको छ।

जापान : स्कुल बन्द भएकाले अभिभावकलाई अनुदान दिन कोष निर्माण गर्ने घोषणा गरेको छ। यस्तै चेरी फुलेको अवसरमा मनाइने उत्सव रद्द गरिएको छ।

जापानको टोकियोबाट दक्षिणमा पर्ने मत्सुदामा शनिबार चेरी फुलको बोटमुनि मास्क लगाएर हिँडिरहेका जापानी ।-एपी
जापानको टोकियोबाट दक्षिणमा पर्ने मत्सुदामा शनिबार चेरी फुलको बोटमुनि मास्क लगाएर हिँडिरहेका जापानी ।-एपी

चीन : वुहानका अधिकारीहरू भाइरस फैलन रोक्ने प्रयास गरिरहेका छन्। कोरोना संक्रमित क्षेत्रमा आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

साउदी अरब : आफ्ना नागरिकलाई लेबनान यात्रा स्थगित गर्न निर्देशन दिएको छ। यस्तै अस्थायी रुपमा मक्का मदिना प्रवेशमा रोक लगाइएको छ।

पाकिस्तान : इरानसँगको सीमा बन्द गरिएको छ। नागरिकलाई भाइरस संक्रमणबाट बच्न सजग हुन निर्देशन दिइएको छ।

रुस : वरिष्ठ रुसी अधिकारीहरूले कोरोना संक्रमणको भयका कारण नागरिकलाई विदेश यात्रा नगर्न आग्रह गरेका छन्।

अस्ट्रेलिया : स्वास्थ्यमन्त्रीले इरान भ्रमण नगर्न र इरानबाट आएका पर्यटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।

उज्वेकिस्तान : उज्बेकिस्तान एयरवेजले दक्षिण कोरियाली राजधानी सियोलमा मार्च १ बाट अस्थायी रूपमा उडान रोक्ने निर्णय गरेको छ।

कुवेत : नागरिकलाई विदेश भ्रमणमा रोक लगाइएको छ।

पछिल्लाे तथ्यांक

-कोभिड–१९ संक्रमण आश्चर्यजनक रुपमा बढेपछि दक्षिण काेरिया सरकारले सबै नागरिकलाई घरभित्रै क्वारेन्टाईनमा रहन अपिल गरेको छ।

त्यहाँको राष्ट्रिय रोगथाम तथा उपचार केन्द्रका अनुसार एकै दिन ८१३ नयाँ कोभिड–१९का संक्रमित भेटिएका छन्।

योसँगै दक्षिण कोरियामा संक्रमितको संख्या ३ हजार १ सय ५० पुगेको छ। जसमध्ये १७ जनाको मृत्यु भएको छ।

-चीनबाट फैलिएको प्राणघातक कोभिड–१९ भाइरस चीनपछि सबैभन्दा बढी दक्षिण कोरियामा फैलिएको हो।

-चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार आज त्यहाँ ४७ जनाको मृत्यु भएको छ। यो सँगै चीनको हुबेई प्रान्तको वुहान सहरसहित देशभर मृत्यु हुनेको संख्या २ हजार ८ सय ३५ पुगेको छ।

-चीनभर कोभिड–१९ का संक्रमितको संख्या ७९ हजार २ सय ५१ पुगेको छ। विश्वभर संक्रमितको संख्या झण्डै ८५ हजार पुगेको छ।

-इटलीमा कोभिड–१९ संक्रमितको संख्या ८ सय ८८ पुगेको छ भने मृत्यु हुनेको संख्या १८ पुगेको छ।

-कतारमा पनि एकजनामा संक्रमण पुष्टि भएको छ। आज मात्रै एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको त्यहाँको सरकारी संचारमाध्यमले जनाएको छ।

-इरानमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। अधिकारीहरुका अनुसार त्यहाँ संक्रमितको संख्या ५ सय ९३ जना पुगेको छ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इरानले मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाई रहेको र त्यहाँ २ सय भन्दा बढी मानिसको मृत्यु भएको हुन सक्ने आशंका गरेका छन्।

-संयुक्त राष्ट्र संघका महासचिवले मन्त्री तथा कुटनीतिज्ञहरु सँगको बैठक तथा छलफल बन्द गरेका छन्।

-अमेरिकाको ओरीजोनमा भेटिएका एक अज्ञात व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकाको क्यालिफोर्नियामा अर्का एक व्यक्ति पनि संक्रमित भएको पुष्टि भएको छ।

अमेरिकाले इटली नजान आफ्ना नागरिकलाई अपिल गरेको छ।

-दुई दक्षिण अफ्रिकी नागरिकलाई जापानमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

-नेपालमा भने कुनै पनि देशका नागरिकलाई आउन जान बन्देज लगाइएको छैन। संयुक्त राष्ट्र संघका अनुसार नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ।

सरकारले विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता नअपनाउँदा कोरोना संक्रमणको जोखिम उच्च विन्दुमा पुगेको छ।

प्रकाशित: Feb 29, 2020| 17:25 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।