शनिबार, वैशाख १५, २०८१

सुदूरपश्चिम प्रदेश सरकार सफल भएको छ : मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन्।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन्।

triton college

शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरुको सरकार सफल भएको उनको दाबी छ।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा जुटेको र सोहीअनुसार सशक्त भूमिका निर्वाह गरिरहेको पनि बताए।

यद्यपि उनले सुदुरपश्चिम प्रदेश सरकार गठन भएपछि जनताका थुप्रै आकांक्षा रहेको सुनाउँदै ती आकांक्षा पूरा गराउने दिशातर्फ सुदूरपश्चिम सरकार अग्रसर रहेको बताए।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा दोषी पत्ता लगाउन सुदूरपश्चिम सरकारले तदारुकताका साथ काम गरेको भए पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसकिएकोमा भने उनले दुःखेसो पोखे।

corrent noodles
Metro Mart

उनले भने, ‘प्रहरी प्रशासनले पनि गम्भिर भएर अनुसन्धान गरेको हो। कतिपय घट्नामा अनुसन्धानको लागि समय लाग्छ। अनुसन्धानको पाटो जटिल भयो। पीडितले न्याय पाउनुपर्छ। अनुसन्धानमा ढिलाई भए पनि अपराधीलाई कानूनी कठघरामा उभ्याईन्छ। दोषीलाई कारबाही गरिन्छ।’

प्रकाशित: Feb 29, 2020| 16:44 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।