मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजार हौसिएको हौसियै, फर्केका हुन् ठूला लगानीकर्ता ?

सेयर बजार हौसिएको हौसियै, फर्केका हुन् ठूला लगानीकर्ता ?

अर्थमन्त्री हट्ने समाचार दैनिकजसो आइरहेकाले बजार बढिरहेको छ । बुधबार १८० वटा कम्पनीको कारोबार भएको थियो । त्यसमध्ये ८ कम्पनीको कारोबार १० करोडमाथि छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौ– सेयर बजारले बुधबार कारोबारमा रेकर्ड बनाएको छ । आज सेयर बजार कारोबार हालसम्मकै उच्च ४ अर्ब १५ करोड रुपैयाँबराबरको भएको छ । त्यस्तै यसदिन सेयर बजार परिसूचक (नेप्से) ५०.९३ अंकले बढेको छ ।

triton college

बुधबार बजार घटेर करेक्सन हुन्छ भन्ने अनुमानका बाबजुद एक्कासि बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको पदावधि थप नहुने समाचार आएपछि बजार बढेको हो । लगानीकर्ताले डा. खतिवडालाई सेयर बजार विरोधीका रुपमा लिँदै आएका छन् । अर्थमन्त्री खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भएको अभिव्यक्ति दिँदै आएका छन् र हचुवाको भरमा सेयरमा लगानी नगर्न आग्रह गर्दै आएका छन् ।

यस साता भने अर्थमन्त्री हट्ने समाचार दैनिकजसो आइरहेकाले बजार बढिरहेको छ । बुधबार १८० वटा कम्पनीको कारोबार भएको थियो । त्यसमध्ये ८ कम्पनीको कारोबार १० करोडमाथि छ।

यसदिन सबैभन्दा बढी कारोबार हुनेमा नेपाल लाइफको २१ करोड ९९ लाख, शिवम् सिमेन्टको १८ करोड ४९ लाख, नेपाल बैंकको १७ करोड ९६ लाख, हिमालयन डिस्टीलरीको १६ करोड ७१ लाख, नेको इन्स्योरेन्सको ११ करोड २४ लाख, नेपाल इन्स्योरेन्सको १० करोड ९३ लाख, गुराँस लाइफको १० करोड ४१ लाख र एनआइसी एसियाको १० करोड १२ लाख रुपैयाँको सेयर छ ।

यसदिन सबैभन्दा बढी कमाउनेमा एभरेष्ट बैंक कन्भर्टिभल, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपाल रहेका छन् । यी तीनबटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

corrent noodles
Metro Mart

बुधबार समूहगत परिसूचक पनि उकालो लागेका छन् । यसदिन बैंकिङ ५०.४७, ट्रेडिङ ०.९५, होटल्स ७३.८८, विकास बैंक ३०.६६, जलविद्युत ५.१८, फाइनान्स ६.५३, जीवन बीमा ५७१ र निर्जीवन २३३ अंकले बढेको छ।

लगानीकर्ताले लगानीको अवसरको अभावमा होल्ड गरेर राखेको र अहिले बजार बढ्न थालेपछि रकम सेयर बजारमा हालेको बजार विश्लेषक अनलराज भट्टराई बताउँछन् । उनका अनुसार केही ठूला लगानीकर्ता पनि बजारमा फर्केका कारण ठूलो रकमको कारोबार भएको हो ।

‘बैंक तथा वित्तीय संस्थाबाट र ब्रोकरहरुले मार्जिङ लेन्डिङका लागि छुट्याएको पैसा पनि बजारमा लगानी भएको देखिन्छ,’ भट्टराईले भने ।

चीनसँग व्यापार गर्ने व्यापारीहरुले व्यापार ठप्प भएपछि अल्पकालिन लगानीको लागि सेयर बजार रोजेका कारण पनि सेयर बजारले कारोबारमा रेकर्ड बनाएको उनको भनाइ छ ।

प्रकाशित: Feb 26, 2020| 17:30 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्