शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हुम्लामा नयाँ शैक्षिक सत्र सुरु, विद्यालय पुगेनन् शिक्षक

हुम्लामा नयाँ शैक्षिक सत्र सुरु, विद्यालय पुगेनन् शिक्षक

उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएको साता बित्दा पनि यहाँका विद्यालयमा शिक्षक पुगेका छैनन्।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

हुम्ला– उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएको साता बित्दा पनि यहाँका विद्यालयमा शिक्षक पुगेका छैनन्।

triton college

वार्षिक परीक्षा सकेर जाडो छल्न जिल्लाबाहिर गएका शिक्षक हालसम्म नफर्किएपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ।

हुम्लामा गत फागुन ४ मा शैक्षिक सत्र सुरु भएको हो।

चंगेरी गाउँपालिकामा रहेका अधिकांश विद्यालय हालसम्म सञ्चालन भएको र शिक्षकसमेत फिर्ता नआएको स्थानीय महेन्द्र बोहराले जानकारी दिए। उनले केही विद्यालयले नयाँ भर्ना पनि नखोलेको बताए।

सर्केगाड गाउँपालिका–२ स्थित लालीगुराँस माविले भने पठनपाठन सुरु गरेको छ। सबैजसो शिक्षक स्थानीय भएकाले नयाँ शैक्षिकसत्रमा पठनपाठन सुरु गरिएको प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिए।

corrent noodles
Metro Mart

जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाअन्तर्गतका मानसरोवर मावि, बालमन्दिर मावि, रलिङ मावि, कैलाश मावि, रामदेभ माविलगायतले विद्यार्थी भर्ना गरिरहेको जनाएका छन्।

मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले नयाँ भर्ना सुरु गरिएको बताए।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले नयाँ भर्ना अभियान सुरु गर्नुपर्ने बेला गाउँपालिकाले ध्यान नदिएको बताए।

हुम्लामा रहेका मावि, निमावि र प्रावि गरी १३९ विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ५१३ शिक्षक रहेको र त्यसमध्ये अधिकांश शिक्षक जिल्लाबाहिरै रहेको उनले जानकारी दिए। जिल्लाका तीनै तहका विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

निजी क्षेत्रका विद्यालयले गत माघ १७ गतेदेखि पढाइ सुरु गरेका थिए ।

पुगेन पाठ्यपुस्तक

जिल्लामा रहेका विद्यालयमा विद्यार्थी संख्याको आधारमा पाठ्यपुस्तक पुग्न सकेको छैन।

छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्रीले र निजी क्षेत्रले पुरानै फ्लस रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको मागअनुसार पाठ्यपुस्तक नपुगेको हो।

चंगेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको पुस्तक ज्ञानु भण्डारका प्रोपराइटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ विद्यालयका लागि चार हजार दुई सय सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाइ केन्द्रबाट दुई हजार सात सय २५ सेट पुस्तक मात्र पाएको बताए।

पुस्तक सबै नेपालगञ्जमा बुझेर ट्रकमा ढुवानी गरिरहेको उनले बताए।

जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालय लागि पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडी पुगेको बताए। उनले पनि मागअनुसार पुस्तक नपाएको गुनासो गरे।

दुई गाउँपालिकाका लागि पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हुँदै हुम्ला पुग्ने गर्छन्।

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक पुर्‍याउने ढुवानी जिम्मा लिएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकाया भने ८० प्रतिशत पाठ्यपुस्तक पुगेको जानकारी दिए।

तीन गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको ज्ञान पुस्तक पसलले कक्षा २ देखि कक्षा १० सम्मका लागि तीन हजार आठ सय ५० सेट पुस्तक माग गरेकामा दुई हजार सात सय सेट पुस्तक पुगेका छन्।

सो क्षेत्रका विद्यालयका लागि एक हजार एक सय ५० सेट पुस्तक अपुग भएका छन्। बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगञ्जबाट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन्।

रासस

प्रकाशित: Feb 23, 2020| 10:57 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।