शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अब अति भइसक्यो, सञ्चारमन्त्री बर्खास्त गर : साझा पार्टी

अब अति भइसक्यो, सञ्चारमन्त्री बर्खास्त गर : साझा पार्टी

साझा पार्टीले सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरी '७० करोड घूस' प्रकरणको छानविन गर्न माग गरेको छ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– साझा पार्टीले सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरी '७० करोड घूस' प्रकरणको छानविन गर्न माग गरेको छ।

triton college

बिहीबार पार्टी प्रवक्ता सूर्यराज आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सिलसिलामा बिचौलियासँग करोडौंको कमिशन माग गरेको भन्दै बाँस्कोटाको बर्खास्तीको माग गरेका हुन्।

‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘अब अति भइसक्यो। साझा पार्टी आम जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि जोडदार माग गर्दछ।

प्रकाशित: Feb 20, 2020| 11:48 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।