बुधबार, वैशाख २६, २०८१

एकीकरणका बाँकी काम टुंग्याउन कस्सिए गच्छदार

कांग्रेस उपसभापति विजय गच्छदारले पार्टी एकीकरण प्रक्रिया टुंगोमा पुर्‍याउन सक्रिय भएका छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं– कांग्रेस उपसभापति विजय गच्छदार पार्टी एकीकरण प्रक्रिया टुंगोमा पुर्‍याउन सक्रिय भएका छन्।

triton college

एकीकरणका बाँकी काम टुंगोमा पुर्‍याउन आफू निकटका नेताहरूले दबाब दिएपछि उनले दैनिकजसो बैठक गरिरहेको उनी निकट एक नेताले जानकारी दिए।

यस क्रममा मंगलबार जिल्ला समिति, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र विभागहरुको समायोजनका लागि विवरण बुझाएका छन्।

स्रोतका अनुसार केन्द्रीय सदस्यमा अहिलेसम्म सहमति हुन सकेको छैन। आफू पक्षको केन्द्रीय सदस्यको टुंगो लगाउने तयारी पनि गच्छदारले गरिरहेको स्रोतको भनाइ छ।

पार्टी समायोजन समितिका संयोजक उपसभापति विमलेन्द्र निधि हुन्। निधि नेतृत्वको समितिले समायोजन प्रक्रिया अगाडि बढाए पनि गच्छदारका तर्फबाट नामावली उपलब्ध नहुँदा समायोजन प्रक्रियाले गति लिन सकेको थिएन।

corrent noodles
Metro Mart

गच्छदारका तर्फबाट मंगलबार समायोजन समितिलाई बुझाइएको सूचीमा २ सय महासमिति सदस्य, ६ सय महाधिवेशन प्रतिनिधि र २२ जिल्लामा पार्टीले पाएको भागबण्डाका पदाधिकारी र सदस्यको नाम छ।

२२ जिल्लाका प्रतिनिधिसभा क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुको नामावली बुझाइएको गच्छदार निकट नेता कृष्ण दुलालले जानकारी दिए।

उनका अनुसार केन्द्रीय सदस्यको टुंगो लाग्न नसकेकाले अहिलेसम्म केन्द्रीय सदस्यको विवरण बुझाइएको छैन। सहमतिअनुसार गच्छदार पक्षले ११ केन्द्रीय सदस्य पाउनेछ।

कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण भएको दुई वर्षभन्दा बढी भइसकेको छ। तर, दुई पार्टीबीच एकीकरण प्रक्रिया टुंगोमा पुगेको छैन।

कांग्रेस उपसभापतिसमेत रहेका गच्छदार ललिता निवासको जग्गा अनियमिततामा मुछिएपछि पार्टीभित्रैबाट उनी दबाबमा परेका हुन्।

गच्छदार विवादमा मुछिएपछि लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा प्रवेश गरेका नेताकार्यकर्ताले असुरक्षित महसुस गरेका छन्। एक नेताले गच्छदारलाई एकीकरण प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन दबाब दिएको बताए।

प्रकाशित: Feb 19, 2020| 17:31 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।