सोमबार, वैशाख १७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप, रक्षामन्त्री कालापानीवरैबाट फर्किए

सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप, रक्षामन्त्री कालापानीवरैबाट फर्किए

भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएको, वुहानबाट ल्याइएका नेपाली सबै सकुशल रहेको लगायतका विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

महरा निर्दोष ठहर, अदालतले भन्यो- अभियोग दाबी पुगेन शीर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले सीमाक्षेत्रमा फेरि भारतले हस्तक्षेप गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

उसले समाचारमा लेखेको छ- भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ।

भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ। नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीको काम भारतीय सुरक्षा बलले गरिरहेको छ।

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ। भारतले व्यास गाउँपालिका–१ र २ को सीमावर्ती क्षेत्रमा करिब डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर सडक बनाएको पाइएको छ।

corrent noodles
Metro Mart

भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरिरहेको सडकका कारण महाकाली नदीको बहाव थुनिने, नदी क्षेत्र साँघुरिनुका साथै नेपालतर्फको घोडेटो बाटोमा समेत क्षति पुगेको छ।

यस्तै भारतले अक्रिमण गरेको कालापानी क्षेत्रको अवलोकन गर्न निस्किएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कालापानीवरैबाट फर्किएका छन् । बाक्लो हिउँका कारण हेलिकोप्टर ल्यान्ड गर्न नसकेपछि उनी कालापानी नपुगी फर्किएको समाचारमा उल्लेख छ ।

महरा निर्दोष शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्ट्ले चीनबाट फर्किएका सबै सकुशल रहेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्णले लेखेको छ– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. रञ्जित शाह नेतृत्वको खटिएको टोलीले चीनबाट फर्किएका सबै नेपालीको घाँटी र नाकको स्वाव संकलन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार स्वास्थ्य अवस्थाको पछिल्लो जानकारीका लागि घाँटीर्र्को याल (थ्रोट स्वाव) नमुना संकलन गरिएको हो। संकलित थ्रोट स्वाव परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। दाहालले भने, ‘सबैजना सकुशल हुनुहुन्छ। अहिलेसम्म कोभिड–१९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन।’

कोभिड–१९ संक्रमणपछि चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ।

आजको कान्तिपुर दैनिकले भने दिल्लीबाट उड्न इन्ट्री परमिट अनिवार्य शीर्षकमा मुख्य समाचार छापेको छ।

उसले लेखेको छ– परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ ।

दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ ।

यस्तै भारतले महाकाली नदिमा लगाएको काठेपुल नेपाल प्रहरीले हटाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

आजको नयाँ पत्रिकाले लघुवित्तले लघुउद्यमी पीडामाः सहरमा गाडी र जग्गा किन्नेलाई भन्दा गाउँमा तरकारी लगाउनेलाई चर्को ब्याज शीर्षकमा मुख्य समाचार छापेको छ ।

चर्को ब्याज र किस्ताको तनावले विपन्न परिवारका व्यक्तिले आत्महत्या गर्ने गरेको समाचारमा उल्लेख छ ।

प्रकाशित: Feb 18, 2020| 07:15 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।