शनिबार, वैशाख १५, २०८१

गेटाफेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

बार्सिलोना– स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि संघर्षपूर्ण जित निकालेको छ।

triton college

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ को अन्तरले हराएको हो।

बार्सिलोनाका लाथि एन्टोनी ग्रिजम्यान र सर्जियो रोबर्टोले गोल गरेका थिए। त्यस्तै, गेटाफेका लागि एन्जेल रोड्रिगेजले सान्त्वना गोल गरे।

बार्सिलोनका लागि खेलको ३३ औं मिनेटमा गोल गर्दै ग्रिजम्यानले आफ्नो सुरुवाती अग्रता दिलाएका थिए। उनले मेस्मीको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। त्यसको पाँच मिनेटमै बार्सिलोनाले दोस्रो गोल थप्यो। खेलको ३९ औं मिनेटमा रोबेर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना २ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा रोड्रिगेजको गोलरे पनि गेटाफे खेलमा फर्कन सकेन। उनले खेलको ६६ औं मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउन चाहे। तर, ७२ औं मिनेटमा गेटाफेले राम्रो अवसर बनाए पनि बार्सिलोनाका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा गेटाफे खेलमा फर्कन सकेन।

corrent noodles
Metro Mart

जितसँगै बार्सिलोनाले २४ अंकबाट ५२ अंक जोड्दै शीर्षस्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको रियल मड्रिडले गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। 

गेटाफे भने तेस्रो स्थानमा छ।

भ्यालेन्सिया र एथ्लेटिकोको बराबरी

शनिबार राति नै भएको अर्को खेलमा भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले २–२ को बराबरी खेलेका छन्।

एथ्लेटिकोको लागि खेलको १५ औं मिनेटमा लोरेन्ट र ४३ औं मिनेटमा पार्टेले गोल गरेका थिए। भ्यालेन्सियाका लागि गाब्रियलले ४० औं मिनेटमा गोल गर्दा पहिलो हाफमा एथ्लेटिको २–१ ले अगाडि रह्यो।

दोस्रो हाफमा जोफ्रेले भ्यालेन्सियाका लागि अर्को गोल थप्दै खेल बराबरीमा ल्याए।

अंकतालिकामा एथ्लेटिको मड्रिड चौथो स्थानमा छ भने भ्यालेन्सिया सातौ स्थानमा छ।

प्रकाशित: Feb 16, 2020| 08:54 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।