शुक्रबार, वैशाख १४, २०८१

‘ए’ डिभिजन लिगबाट सरस्वतीको ‘बाइबाइ’

०६८ सालमा दोस्रो पटक ए डिभिजनमा फर्किएको सरस्वती ०७६ सालको लिग समाप्तिसँगै बी डिभिजनमा घटुवा भयो। ८ वर्ष ए डिभिजन लिग खेलेको सरस्वती पछिल्लो साल रेलिगेशन जोनमा थिएन।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– अघिल्लो चरणमा च्यासल युथ क्लबसँगको हार सरस्वती युथ क्लबले सायदै बिर्सेला। तर, उसको त्यो हारले क्लबलाई बी डिभिजनमा घटुवा गरेको फुटबल दर्शकले बिर्सिंदैनन्।

triton college

०६८ सालमा दोस्रो पटक ए डिभिजनमा फर्किएको सरस्वती ०७६ सालको लिग समाप्तिसँगै बी डिभिजनमा घटुवा भयो। ८ वर्ष ए डिभिजन लिग खेलेको सरस्वती पछिल्लो साल रेलिगेशन जोनमा थिएन।

त्यो सिजन रेलिगेसन जोनमा परेका न्युरोड टिम र मछिन्द्र क्लबले यो साल उल्लेख्य प्रगति गरेका छन्। तर, सरस्वतीले खेललाई आकर्षक बनाउन सकेन।

सुरुमा सबै क्लबहरु उत्तिकै प्रतिस्पर्धी छन् भनेर अधिकांश क्लबका प्रतिशक्षकले बताएका थिए। उता, प्रशिक्षकको उक्त भनाइलाई मात खुवाउँदै सरस्वतीले लिगको सुरुवाटै फितलो प्रदर्शन जारी राख्यो। अट्याकिङ फिल्डमा कमजोर देखिएको सरस्वतीको रक्षात्मक पाटो पनि खासै सवल देखिएन। उसको फितलो प्रदर्शन नै ए डिभिजनबाट बाहिरिने मुख्य कारक बन्यो ।

उसले लिगको १२ औं चरण सकिँदा ३० गोलको सामना गरिसकेको थियो। यो पुछारबाट दोस्रो स्थानमा रहेको एपिएफभन्दा १० गोल धेरै हो भने त्यसमाथि रहेको ब्रिगेड बोइज भन्दा १६ गोल धेरै ।

corrent noodles
Metro Mart

३० गोलको सामना गरेको सरस्वतीले ८ गोलमात्र प्रहार गर्न सकेको छ, त्यसमा पनि आठौं चरणको नाटकीय ४ गोल समावेश गरेर। आफूभन्दा बलियो टिम हिमालयन शेर्पाविरुद्ध उसको ४ गोल सबै दर्शकले छक्क परेर हेरेका थिए।

त्यसबाहेक सरस्वतीले ११ खेलमा ४ गोल गरेको छ। ‘मछिन्द्र क्लबलाई २–० गोलमा रोक्न सक्ने शेर्पा क्लबका डिफेन्डरले सरस्वतीलाई रोक्न किन सकेन ?’ नवांै चरणको सरस्वती र शेर्पाको खेल हेर्ने दर्शक भन्दै थिए । गएको १७ जनवरीमा भएको खेलमा हिमालयन शेर्पा क्लबले उपाधि दावेदार मछिन्द्रलाई २ गोलले हराएको थियो। तर, सरस्वतीलाई हराउन सकेन ।

खेलको टिप्पणी गर्दै विभागीय टोली एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘प्रेसर पर्यो होला उनीहरुलाई पनि । सकेसम्म हामी बचौं र अरुलाई रेलिगेसनमा पठाउँ भन्ने लागेको होला। हिमालयन शेर्पा र सरस्वती जुन फुटबलको संस्कृतिमा आउनुपर्ने हो, आएको देखिएन।’

उनले थपे, ‘रियल फुटबल खेल्ने हो भने को रेलिगेसनमा झर्छ, को झर्दैन थाहा पाउन गाह्रो हुन्छ। तर, यहाँ त रियल फुटबलै खेलेका छैनन्। आफू बचेर अरुलाई रेलिगेशनमा पठाउँ भन्ने रणनीति क्लबमा दखियो।’

यद्यपि, १२ औं चरणमा सरस्वतीको रेलिगेसन कसैले बचाउन सकेन। त्यसैले, रेलिगेसनमा परेको नतिजाबारे सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले भने, ‘हामी रेलिगेशनमा परिहाल्यौं। अब बाँकी रहेका खेलाडीलाई संकटाविरुद्धको खेलमा अवसर दिने विचार छ।’ त्यस अनुरुप नै उनले खेलमा बेन्च खेलाडी पनि उतारेका थिए।

आजको हारसँगै सरस्वतीको ए डिभिजन यात्रा सकिएको छ। अब उसले अघिल्लो सिजनको बी डिभिजनमा प्रतिस्पर्धा गर्नेछ। उसले संकटाविरुद्ध ३ गोल अन्तरले हारको सामना गरेको हो।

आजको खेलमा जारी लिगकै सबैभन्दा धेरै गोल भएको छ। यसअघि हिमालयन शेर्पा र सरस्वती खेल्दा ३–४ र मछिन्द्रसँग सरस्वती नै खेल्दा ६–१ गोल भएको थियो।

खेलपछि सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले रेलिगेसनमा पर्नुको मुख्य कारण फरवार्ड राम्रो नखेल्नु रहेको प्रतिक्रिया दिए । ‘सुरुमा हारे पनि फर्किन्छौं जस्तो लागेको थियो। त्यसैले खेलाडीलाई मोटिभेसन दिइइरहेको थिएँ। तर पनि गोल स्कोर हुन सकेन। हामीले विदेशी खेलाडीको प्रदर्शन हेरेर क्लबमा राख्न सकेनौं र राम्रा खलाडी हाम्रो क्लबमा आएनन् जस्तो लाग्छ,’ उनले भने।
पहिलोपटक रेलिगेसनमा पर्दा दुःख लागेको उनले सुनाए ।

त्यस्तै संकटाका प्रशिक्षक विजय महर्जनले लक्ष्य अनुसारको खेल नभएको बताए। उनले भने, ‘शीर्ष ६ मा रहने लक्ष्य थियो, सातमा पुगियो। खासमा प्रतिस्पर्धीको रिजल्टले हामीलाई प्रभाव पारेको छ। सफलताका हिसाबले मैले यसलाई सफल पनि मानेको छैन र असफल पनि मानेको छैन।

यस्तो रह्यो सिजन

सरस्वतीले पहिलो खेलमा एनआरटीविरुद्ध ४ गोलले हारको सामना गरेको थियो । गत साल तालिकाको पुछारमा रहेको टोलीले ४ गोल प्रहार गरेसँगै सरस्वतीकाे ओरालो यात्रा सुरु भएको थियो।

दशरथ रंगशालामा सम्पन्न उक्त खेलमा सरस्वतीले एनआटीविरुद्ध एक गोल पनि प्रहार गर्न सकेन। दोस्रो खेलमा सरस्वतीले जावलाखेल युथ क्लबको सामना गर्यो। त्यसमा पनि एक गोलको हार बेहोरेको टिमले तेस्रो चरणको खेलमा नेपाल पुलिस क्बसँग २ गोलले पछि पर्यो। लिगमा ३ पटक उपाधि चुमेको पुलिसले सरस्वतीलाई सहजै हराइदियो।

चौथो खेलमा एपिएफको सामना गरेको सरस्वतीले लिगमा पहिलोपटक गोल गर्ने अवसर पायो। तर, उसले गरेको एक गोलको बदलामा एपिएफबाट दुई गोलको साना गर्नुपर्यो।

पाँचौं खेलमा लिग दावेदार त्रिभुवन आर्मी क्लबसँग भने उसले एक गोलको समाना गर्यो। यद्यपि, छैटौं चरणमा आएर भने सरस्वतीले बराबरीको राहत पायो। उसले ब्रिगेड बोइज क्लबसँग गोलरहित बराबरी खेल्यो।

सातौं चरणमा सरस्वतीले फ्रेन्ड्स क्लबसँग ४ गोल खायो। चार गोलसँगै सान्त्वना गोल गरेको सरस्वतीले लिगमा दोस्रो गोल गरेको थियो।
आठौं चरणमा मनाङसँग उसले एक गोल खाएर पछि पर्यो।

८ खेलसम्म जितविहीन रहेको सरस्वतीले नवौं चरणमा भने हिमालयन शेर्पा क्लबलाई ४-३ ले पराजित गरेको थियो ।

दशौं चरणमा उसले बलियो टिम थ्रिस्टारसँग ४ गोलको सामना गर्यो। तर, थ्रिस्टारलाई गोल गर्न सकेन।

एघारौं चरणमा मछिन्द्रसँग ६ गोल खाँदा एक गोल भने गर्न भ्यायो। त्यो एक गोलसँगै यसले लिगमा सातौं गोल गरेको थियो।

बाह्रौं चरणमा सरस्वतीको लागि दुर्भाग्य नै बन्यो । उसले च्यासल युथ क्बल विरुद्ध हारको समाना गरेसँगै रेलिगेसनमा पर्यो।

प्रकाशित: Feb 13, 2020| 17:28 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।