शुक्रबार, वैशाख १४, २०८१

एनआईसी एशिया बैंकका सञ्चालक संघईलाई सीआईपी सम्मान

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन्। सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं। एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन्। सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो ।

triton college

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरी सम्मान प्रदान गरेका थिए ।

उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रालि नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभूषित गरेको हो ।

 

प्रकाशित: Feb 13, 2020| 12:56 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्