बिहीबार, वैशाख २७, २०८१

महँगो पर्नसक्छ मछिन्द्रलाई त्यो १ अंक

चालू लिगमा उनीहरुको जित हार र बराबरीको संख्या केलाउँदा स्तर समान देखिन्छ। तर, मछिन्द्रलाई प्रभाव पार्ने एकमात्र तत्व छ – पोहोरको लिगमा अंक घटुवा प्रणालीमो प्रभाव।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा जारी सिजनको अन्तिम खेलहरु आज (बिहीबार)बाट सुरु हुँदै छन्।

triton college

१४ टिम प्रतिस्पर्धा गर्ने लिगमा १३ औं चरणका ७ खेल मात्र बाँकी छन्। लिगको १३ औं चरण ‘अन्तिम चरण’ पनि हो।

९१ वटा खेलपछि लिगको एक सिजन सकिन्छ। जारी सिजनमा ८४ खेल सम्पन्न भएका छन्। आज हुने पहिलो खेल लिगको ८५ औं खेल हुने छ। आज ३ खेल र भोली पनि ३ खेल सातदोवाटोमा सकिँदा एक मात्र खेल पर्सीका लागि बस्ने छ। र, बाँकी त्यही एक खेलले निर्धारित गर्नेछ जारी सिजनको विजेता।

अरु सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदा त्यो अन्तिम खेल भने त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा हुने छ।

विश्वकप क्वालिफायरको खेलका लागि दुवो उमार्ने काम भइरहेको रंगशालामा यो खेललाई विशेष महत्वका साथ स्थान दिइएको हो।

corrent noodles
Metro Mart

त्यसैले, सबै फुटबल प्रेमीको ध्यान त्यही खेलमा गएर अड्किएको छ। सँगसँगै मनमा प्रश्न पैदा भएको छ – लिग कसले जित्ला ? चाहे जसले जितोस त्यो १६ औं विजेता अवश्य हुने छ।

नेपाल आर्मीको विभागीय टोली त्रिभुवन आर्मी क्लब(टिएसी) र मछिन्द्र क्लब लिग विजेताको लिस्टमा उत्तिकै महत्वकांक्षी क्लब हुन्। यसकारण १३ औं चरणका अन्य सबै खेल छायाँमा परेका छन्। मानिसहरुको आँखा अन्तिमको आर्मी र मछिन्द्रकै खेलमा अड्किएको छ।

चालू लिगमा उनीहरुको जित हार र बराबरीको संख्या केलाउँदा स्तर समान देखिन्छ। तर, मछिन्द्रलाई प्रभाव पार्ने एकमात्र तत्व छ – पोहोरको लिगमा अंक घटुवा प्रणालीमो प्रभाव।

रेलिगेशन नभएको पोहोरको लिगमा मछिन्द्र पुछारबाट दोस्रो स्थानमा थियो। त्यही नजिताको फलस्वरुप उसको १ अंक यो सिजनमा पाएको अंकबाट घटाइएको छ।

कारण यही नै हो जसबाट समान ९ जित, २ बराबरी र एक हारको समाना गरेको आर्मीको २९ अंक हुँदा मछिन्द्रको खातामा २८ अंक छ। यसै अंकलाई आधार मान्दा आउँदो खेलमा आर्मीलाइ उपाधि जित्न बराबरी नै काफी छ भने मछिन्द्रलाई जित्नैपर्ने दबाब रहन्छ।

मछिन्द्रको उक्त एक अंक नघटाइँदो हो त ऊ गोल अन्तरका आधारमा शीर्षस्थानमा हुन्थ्यो। जसकारण मछिन्द्रका सुभचिन्तकले सोच्न थालेका छन – मछिन्द्रलाई त्यो १ अंक महँगो पर्ने त होइन ?

खैर जे होस्। मछिन्द्र र आर्मीको खेलले लिगलाई नयाँ विजेता प्रदान गर्ने छ। किनभने यी दुवै टोलीमा जसले जिते पनि पहिलो पटक लिग जित्ने टोली बन्ने छन्।

यस अघि लिग जित्नेमा मनाङ (८ पटक), रानीपोखरी (६ पटक)बाहेक एनआटी र थ्रिस्टारले समान ४ पटक जितेका छन्। त्यस्तै, महाविर क्लब, पुलिस क्लब र संकटाले ३ पटक जितिसकेका छन। २ पटक लिग जित्नेमा अन्नपूर्ण क्लब, देउराली क्लब र पुलिस फोर्स छन्।

एक पटक मात्र उपाधि चुम्न पाएका क्लबहरु आर्मी ११, विद्या व्यामा, बोइज युनियन, फ्रेन्डस र सुनाखरी हुन्।

अबको अन्तिम खेलबाट यो लिस्टमा थप एक क्लबको नाम थपिँदै छ। त्यो नाम जान्नलाई आउँदो शुक्रबारको खेल कुर्नै पर्छ।

०००
लिगको पछिल्लो चरणमा एक महत्वको नतिजा हात लाग्यो। सरस्वती क्लब बी डिभिजनमा घटुवा भयो। लिग खेलमा जहिल्यै रेलिगसनेको टोली र विजेता टोलीलई केन्द्रमा राख्ने गरिन्छ।

१२ औं चरणमा यस्तै भयो। एक खेल अघावै रेलिगेसनमा परेको टोलीले निकै चर्चा बटुल्यो। अब भने सबैको ध्यान लिग विजेता तर्फ मोडिसकेको छ।

मनाङ मस्र्याङ्दी र थ्रिस्टाबाट हेविवेट खेलाडी ल्याएर जित निकाल्ने दाउमा रहेको मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले अन्तिम खेल अट्याकिङ रणनीतिमा खेल्ने बताएका छन्। कटुवाल भन्छन, ‘आर्मीलाई बारबरीले नै पुग्ने भएकाले उसले संयमित भएर खेल्न सक्छ। त्यसैले हामी चाहीँ अट्याकिङ मै धेरै फोकस छौं।’

उता आर्मीले भने मछिन्द्रलाई रोकेर खेल्न सकिने भनेको छ। तर, खेल देखाएर जितेको सान बेग्लै हुने भन्दै प्रशिक्षक नवीन न्यौपाने भन्छन, ‘मछिन्द्रका विदेशी खेलाडी एडिलेजा सोमिडे र विसाल राई(बी) लाई छेकेर खेल्न सक्यौं भने हामीले उपाधि कब्जा गर्न सक्छौं। हामीलाई त बराबरी नै काफी छ। तर, पनि अन्तिममा राम्रो खेल देखाएरै उपाधि जित्न चाहान्छौं।’

उनी थप्छन, ‘मछिन्द्र पनि राम्रो टिम हो। त्यसैले हाम्रो आउँदो खेल गर या मरकै स्थितीमा हुने छ।’

आजको खेल

८ः४८ मा सुरु हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस क्लब भिड्ने छन्।

१२ः१५ बजे हुने दोस्रो खेलमा एपिएफले ब्रिगेड बोइज क्लबको समना गर्ने छ।

त्यस्तै, ३ः३० बजे हुने तेस्रो खेलमा बि डिभिजनमो घटुवा भएको सरस्वती क्लबले संकटा क्बलको समना गर्ने छ।

 

प्रकाशित: Feb 13, 2020| 07:53 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।