शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'सरकारले संवैधानिक अंगका पदाधिकारीलाई यसो गर्नुस् उसो गर्नुस् भनेको छैन'

'सरकारले संवैधानिक अंगका पदाधिकारीलाई यसो गर्नुस् उसो गर्नुस् भनेको छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताएका छन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको दबाबमा परेर काम गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो प्रष्टीकरण दिएका हुन्।

triton college

सरकारले संवैधानिक अंगहरुलाई निष्पक्ष तरिकाले काम गर्न दिएको ओलीले बताए । ‘‘सरकारले अख्तियारलाई दबाब, निर्देशन दिन्छ भनेर मैले सुनेको छु, तर त्यस्तो होइन,’’ उनले भने, ‘सरकार संवैधानिक अङ्गलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र त्यसमा हस्तक्षेप गर्ने मनयास पनि राख्दैन, हस्तक्षेप भन्ने प्रश्न नै आउँदैन ।’’ सरकारले संवैधानिक अङ्गका पदाधिकारीलाई कही कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् नभनेको प्रष्ट पार्दै उनले थपे, ‘‘सरकार त्यस्ता कुरा कहिल्यै भन्दैन र गर्दैन पनि ।’’

उनले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेत गरेको भन्ने भ्रम छर्ने कोशिस गरिएको भन्दै त्यस्तो कोशिस नगर्न आग्रह गरे। उनले अख्तियारलाई निष्पक्ष र दृढ भएर भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिए।

प्रधानमन्त्री ओली मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थिए ।

प्रकाशित: Feb 11, 2020| 22:48 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।