शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकद्वारा थालेसेमिया प्रोजेक्टलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा थालेसेमिया प्रोजेक्टलाई सहयोग

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेको छ ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बिराटनगर शाखाले थालेसेमिया रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्धा थालेसेमिया प्रोजेक्टलाई दुई लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहका बीच बैंकको विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रकाशित: Feb 10, 2020| 16:29 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्