शुक्रबार, वैशाख १४, २०८१

विराटनगर महानगरपालिका प्रमुख पराजुलीविरुद्ध प्रदर्शन

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध नाराबाजी भएको छ। महानगरपालिका अगाडि बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका हुन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध नाराबाजी भएको छ। महानगरपालिका अगाडि बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका हुन्। 

triton college

बुधबार राति विराटनगरको मुनाल पथमा विराटनगर–५ का बुथ सभापति विमल राजभण्डारीका घरमा कार्यकर्ताका लागि मात्र भेरोसेल खोप दिइरहेको थाहा पाएपछि स्थानीयबासीले प्रमुख पराजुलीलाई त्यहाँबाट लखेटेका थिए। राजभण्डारीको घरमा भिडभाड देखिएपछि स्थानीयले के भएको भनेर चासो राख्ने क्रममा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईदै गएको खुलेको थियो। होहल्ला र विरोध हुन थालेपछि प्रमुख पराजुली भन्सार ऐजेन्ट तथा कांग्रेस नगर उपसभापति रहेका प्रविण जोशीको गाडीमा चढेर भागेको प्रत्यक्षदर्शी प्रविण भारद्वाज निरौलाले बताए। 

प्रमुख पराजुलीले आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले महानगरपालिका अगाडी प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लाकार्ड देखाएका थिए। उनीहरूले प्रमुख  पराजुलीविरुद्ध नारावाजीसमेत गरेका थिए। 

कांग्रेसका स्थानीय नेता दीपक चापागाईले कसैको घरमा गएर खोप लगाइनु दुःखद भएको र यो घटनाले कांग्रेसकै बदनाम गरेको टिप्पणी गरेका छन्। उनले खोप केन्द्रमा थामिनसक्नु भिड भएको र मानिसहरुले अत्यन्तै कष्ठकर रुपमा खोप लगाउनु परेका बेला प्रमुख पराजुली नै संलग्न रहेर कसैको घरमा लगेर खोप लगाइनु दुखद् भएको बताए।

corrent noodles
Metro Mart

महानगर प्रमुख पराजुलीले बाहिर हल्ला भएजस्तो नभएको दाबी गरे।

प्रकाशित: Jul 29, 2021| 15:02 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।