शुक्रबार, वैशाख १४, २०८१

भारतसँग दोस्रो खेलमा भिड्दा यसरी अवसर खेर फाल्यो नेपालले

प्रशिक्षक अलमुताइरीले खेलपछि भने, ‘हामीले राम्रो खेल्यौँ। हामीले भारतलाई सुरुमा दबाबमा राख्यौँ तर त्यहाँ सिर्जना भएका अवसरलाई सदुपयोग गर्न सकेनौँ। तर म भन्छु- हामीले सकेसम्म दियौँ।’
 |  आइतबार, भदौ २०, २०७८

विनय सापकोटा

विनय सापकोटा

आइतबार, भदौ २०, २०७८

काठमाडौं- नेपाल-भारत मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपालले पाहुना टिम भारतसँग २–१ गोलको हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पराजय भोगे पनि नेपाली टिमले खेलको उत्कृष्ट सुरुवात भने गर्न सफल भएको थियो।

triton college

खेलपछि हारको विवेचना गर्दै नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले अवसरको सदुपयोग गर्न नसकेको बताएका छन्। उनले खेलपछि भने, ‘हामीले राम्रो  खेल्यौँ। हामीले भारतलाई सुरुमा दबाबमा राख्यौँ तर त्यहाँ सिर्जना भएका अवसरलाई सदुपयोग गर्न सकेनौँ। तर म भन्छु- हामीले सकेसम्म दियौँ।’

पहिलो हाफको सुरुआतबाटै घरेलु टिम नेपालले भारतमाथि दबाब बनाएयो। पहिलो रोजाइमा मैदान उत्रिएका युवा फरवार्ड मनिष डाँगीको नवौं मिनेटको सोलो अट्याक असफल भएको थियो।ब

यसरी नै पहिलो हाफभर नेपालले दबाब बनाउने तर गोल नगर्ने खेल शैली दोहोर्‍याइरह्यो। त्यसको नमुना खेलको १२औं मिनेटमा देखियो। डिफेन्डर तेज तामाङले दिएको बल फरवार्ड डाँडीले नियन्त्रण गर्न नसक्दा उनले गोल गर्ने नजिकको अवस्थामा गोल गर्न चुके।

भारतका गोलकिपर अमरिन्दर सिंह आफ्नो पोजिसन बाहिर रहेका समयमा नेपालले गोलको अवसर गुमाएको थियो। पहिलो रोजाइमा मैदान छिरेका आशिष लामा र आयुष घलानको युवा जोस त मैदानमा देखियो तर उनीहरू अवसरहरूको पर्याप्त सदुपयोग गर्न भने सकेनन्। उनीहरुमा अनुभवको अभाव भने खेलमा देखियो। 

corrent noodles
Metro Mart

‘आशिषलगायत युवा खेलाडीको प्रदर्शन पनि निकै राम्रो रह्यो। सुमनले पनि सुरुमा राम्रो खेल्यौँ। खेलाडी सबैले राम्रो खेलेका थिए,’ प्रशिक्षक अलमुताइरीले भने।

खेलको, १४औं मिनेटमा मिडफिल्डर गौतम श्रेष्ठले प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो। त्यस्तै, २२औं मिनेटमा पुजन उपरकोटीले प्रहार गरेको बल त्यसरी नै पोस्टबाहिर गएको थियो। तेज तामाङले २३औं मिनेटमा सेन्टर लाइन नजिकैबाट गरेको प्रहार पनि पोस्टको बायाँबाट बाहिरियो।

खेलको १२औं मिनेटमा जस्तै अवस्था २७औं मिनेटमा पनि दोहोरियो। यसपटक घलानले दिएको पासलाई आशिष लामा हेड गर्नबाट चुके। त्यहाँ आशिषलाई हेड गर्नबाट रोक्न इन्डियन डिफेन्डर उपस्थित थिए।

‘उनले टाउकोले अलिकति मात्र छोएको भए पनि गोल हुन्थ्यो। तर त्यो भएन। सुरुमा मनिषले पनि गोल गर्न सक्थे। हामीले खेल अवधिभर यस्तो गोल हुनसक्ने चार अवस्थामा गल्ती गर्‍यौँ,’ प्रशिक्षक अलमुताइरीले भने, ‘ती अवसर सदुपयोग गरेको भए फाइदा हुन्थ्यो।’


खेलको ३०औं मिनेटमा सम्म नेपाल हावी रहे पनि त्यसपछिको १५ मिनेट भने भारतले खेल आफ्नो हातमा लिएको थियो। त्यसअघि २४औं मिनेटमा अनिरुद्ध थापाको शसक्त प्रहार नेपाली गोलकिपर किरण कुमार लिम्बूले क्लियर गरेका थिए।

त्यस्तै, २९औं मिनेटमा थापाको र त्यसलगत्तै विपिन सिंहको प्रहार पनि पोस्टसम्म पुगेन। नेपाली खेलाडीले दबाब बनाउन चुकेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामा र सुमन लामालाई विस्थापन गर्दै उनीहरुको ठाउँमा अन्जन विष्ट र विशाल राईलाई खेलेको ४४औं मिनेटमै मैदान छिराएका थिए। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।

‘नेपाली टिमले 'डिफेन्स' निकै 'टाइट' राख्यो। 'फर्मेसन'का भन्दा धेरै खेलाडी 'डिफेन्स' गर्न मैदानको पछिल्ल्लो भागमा आएर हाम्रा धेरै क्रसहरु सफल भएनन्,' भारतका प्रशिक्षक इगोल स्टिमेक थप्छन्, ‘खेल चाहिँ निकै कुल भयो। खासमा दोस्रो हाफ निकै राम्रो भयो। सबै समयमा दुवै टिमका खेलाडीले पहिलो खेलकोभन्दा राम्रो खेलेको हो। र, हामीले दुवै टिमका खेलाडीलाई धन्यवाद दिनुपर्छ।’

पहिलो हाफमा नेपालले दबाब बनाए पनि खेलको ५० मिनेटपछि नेपाली भारतले लामो समयसम्म नेपाली पोस्ट नजिकै बल खेलाइरह्यो। यो क्रममा भारतका खेलाडीले नेपाली डिफेन्डरलाई प्रहार गरेपछि नेपाली कप्तान लिम्बू निकै आक्रोशमा देखिएका थिए। त्यस्तै, खेलको ५५औं मिनेटमा भारतीय खेलाडीमाथि 'फल' गरेपछि तेज तामाङले 'यल्लो कार्ड'को सजाय पाए। 

यता खेलको ६२औं मिनेटमा खेलको नवयुग श्रेष्ठ मैदान प्रवेश गरे। त्यही मनेटमा भारतले नेपालविरुद्ध अग्रता बनाएको थियो। जहाँ फारुख हाजी चौधरीले सहजै नेपाली पोस्टमा गोल गरे।

खेलको ६७औं मिनेटमा नेपालका लगातार दुई प्रहार असफल भएका थिए। नवयुग श्रेष्ठको प्रहार भारतको गोलकिपरको हात पुगेर रोकिएको थियो भने विशाल राईले पोस्टनजिकै बाट पोस्टबाहिर प्रहार गरे।

खेलको ७२ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले उपलब्ध गराएको क्रस मनिष डाँगीले भेट्न सकेनन्। यता ७३ औं मिनेटमा भारतका फारुक हाजीलाई नेपाली डिफेन्डरले डी बस्क भित्र गोलस्कोरिङको अवस्थामा लडाएपछि प्रशिक्षक इगोर स्टिमेक निकै आक्रोशित बनेका थिए।

उनले टेक्निकल एरियामा 'मिसबिह्याभ गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई पहेंलो कार्ड देखाएका थिए। उनले त्यहाँ पेनाल्टीको माग गरेको सहजै बुझ्न सकिन्थ्यो।

तपाईं किन आफ्नो टेम्पर गुमाउनु भयो भन्ने प्रश्नमा क्रोएसियाली प्रशिक्षक स्टिमेक भन्छन्, ‘तपाईँलाई थाहा छ कि म किन रिसाएँ। मैले खासमा टेम्पर लुज गरेको चाहिँ होइन। मैले रेफ्रीलाई केही कुरा भन्न खोजेको मात्र हो। यो मैत्रीपूर्ण खेल थियो। त्यसैलाई सामान्य रुपमा लिएको छु।’


खेलको ८०औं मिनेटमा भारतका सुनील क्षेत्रीले सेन्टर लाइनबाट लिएर गएको बललाई नेपाली डिफेन्डरले नियन्त्रणमा लिन सकेनन्। उनले गोलकिपर लिम्बूसँग वान टू वानको अवस्थामा गोल गर्दै भारतको अग्रता दोब्बर बनाए।

यो गोलसँगै कप्तान क्षेत्रीले नेपालविरुद्ध १० खेलमा ६ गोल गरेका छन्। र, आफ्नो ओभरअल खेल करियरमा ७५औं गोलसमेत गरेका छन्।

आजको समग्र खेललाई लिएर अन्तिममा स्टिमेकले भारतका सबै खलाडीलाई धन्यवाद भनेका छन्। उनले भने, ‘हाम्रा खेलाडीले धैर्य गरेर खेले। नेपाली टिमले पनि राम्रो गरेको छ। उनीहरुले पछिल्लो समय भन्दा राम्रो खेले।’

यता खेल सकिनुभन्दा चार मिनेट अघि नेपालका लागि तेज तामाङले गोल गरेका थिए। राष्ट्रिय टिममा यो उनको पहिलो गोल हो। उनले पोस्ट नजिकैबाट गरेको प्रहार गोलमा बदलिएको थियो।

यससँगै नेपालले पुगरागनको प्रयास गरे पनि असफल भयो। र, पहिलो खेलमा बराबरी रोकेको भारतसँग दोस्रो मैत्रीपूर्णमा भने हारमा चित्त बुझायो। नजिता २–१ गोलले भारतको पक्षमा रह्यो।

नेपालले अवसर पाए पनि गोल गर्न नसकेको कुरालाई संकेत गर्दै अलमुताइरीले भने, ‘हामीले राम्रा मानसिकताका साथ खेल्यौ। म रिजल्टको बारेमा सोच्दिनँ। प्रदर्शन देखेर खुसी छु। मससँग २३ गोर्खाली खेलाडी छन्।’

यता, आजको खेलमा गोलकिपर विशाल श्रेष्ठले निर्धारित समयको पाँच मिनेटअघि मैदान छिर्दै डेब्यू गरेका थिए। प्रशिक्षक अलमुताइरीले विशालबारे भने, ‘हामीलाई दुई गोलकिपर चाहिन्छ। हामी २३ लाई नै रेडी गराउँछौं। डिफेन्डर रोहित चन्द देशबाहिर छन्। यता टिममा विशाल श्रेष्ठ छन्। उनी साफको टिममा नभए पनि अभ्यास गर्नेछन्। उनले भारतबाट सिनियर टिमको सुरुवात गरेका छन्।’

यता अहिले भारतमा प्रशिक्षक इगोर स्टिमेकविरुद्ध फुटबल समर्थकको आवज उठिरहेको छ। उनीहरुले सामाजिक सञ्जालमा स्टिमेक आउट भन्ने ह्यासट्याग राखेर ट्रेन्डिङ नै चलाएका छन्।

अहिलेको ट्रेन्डिङबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा स्टिमेके भने, ‘मेरो ड्युटी मलाई थाहा छ। भन्नेहरुले भन्दै गरुन्।’ सोही प्रसंगलाई लिएर नेपाली प्रशिक्षक अलमुताइरीले भने चासो व्यक्त गरे। उनले सामाजिक सञ्जालकै कारण भारतीय टिम जित निकाल्नै पर्ने दबाबमा रहेको पनि बताए। उनले भने, ‘भारतको टिमबारे चलेको ह्यासट्यागले उनीहरूलाई दबाब बनाएको छ।’

त्यस्तै, नेपाली टिमले चार अवसर खेर फालेको प्रसंगमा सोधिएको प्रश्नमा प्रशिक्षक अलमुताइरीले प्रतिप्रश्न गरेका छन्, 'फिनिसिङ राम्रो भएन त भन्नुभयो। अब साफअघि कसरी सुधार होला? ‘हामीसँग फनिसिङ फिक्स गर्ने समय छैन। त्यो कम्तीमा पनि साफअघि त हुँदैन। तपाईं यो खेललाई कति नम्बर दिनुहुन्छ? डिफेन्सबारे किन प्रश्न नगरेको?’

प्रकाशित: Sep 05, 2021| 22:24 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।