शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

पार्टीको आन्तरिक छलफल नटुंगिएकाले बैठक माघ २७ गते बस्ने गरी स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– बिहीबार (भोलि)का लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। पार्टीको आन्तरिक छलफल नटुंगिएकाले बैठक माघ २७ गते बस्ने गरी स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

triton college

‘केन्द्रीय कार्यसमिति बैठकले सम्पादन गर्नुपर्ने कार्यका विषयमा शीर्ष नेताहरुमा छलफलका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको हो,’ प्रवक्ता शर्माले भने, ‘केही नेताहरु राजधानी बाहिर भएकाले पनि बिहीबार बैठक बस्न सक्दैन।’

आगामी १४औं महाधिवेशनको विषयमा पार्टीका शीर्ष नेताहरुबीच विवाद बढ्दा विगत दुई महिनादेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदै स्थगित हुँदै आएको छ। पछिल्लो समय १० माघमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताको अनौपचारिक बैठकले विवादको निकास दिएको थियो।

सभापति शेरबहादुर देउवा निवासमा केन्द्रीय विभाग र तरुण दलको गठन तथा क्रियाशील सदस्यता वितरणको समयसीमा घटाउने गरी पार्टी विधानको दफा संशोधन गर्ने, निर्णय सच्याउने विषयमा नयाँ सहमति बनेको थियो।

सोही सहमतिअनुसार नेपाल विद्यार्थी संघमा सभापतिसहित १० जना पदाधिकारीको नियुक्ति भइसकेको छ। समितिलाई ६ महिनाभित्र महाधिवेशन गरिसक्न पार्टीले जिम्मेवारी तोकेको छ।

corrent noodles
Metro Mart

यस्तै तरुण दलको केन्द्रीय तदर्थ समितिमा संस्थापन पक्षलाई ५०, रामचन्द्र पौडेल पक्षलाई ३० र सिटौला पक्षलाई २० प्रतिशत दिने सहमति भइसकेको छ। तर पद बाँडफाँडमा सहमति भैनसक्दा तरुण दल गठन पनि अन्योल बनेको छ।

प्रकाशित: Feb 05, 2020| 16:29 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।