शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुई खर्बको कार्यक्रम सुनाउन आएका मन्त्री स्थानीयको घेराबन्दीमा

दुई खर्बको कार्यक्रम सुनाउन आएका मन्त्री स्थानीयको घेराबन्दीमा

दुई खर्ब लागतसहितको योजना लिएर लुम्बिनी आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई स्थानीयले कार्यक्रमस्थलमै होहल्ला गरेका छन् ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

भैरहवा– दुई खर्ब लागतसहितको योजना लिएर लुम्बिनी आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई स्थानीयले कार्यक्रमस्थलमै होहल्ला गरेका छन् । रुपन्देही, कपिलवस्तु र नवलपरासी सहितको बुद्धिजम क्षेत्रको समग्र विकासका लागि प्राधिकरण गठन गर्ने र त्यसैमार्फत् लुम्बिनी क्षेत्रको विकास गर्ने योजनासहित सुझाव संकलनका लागि मन्त्री भट्टराई मंगलबार लुम्बिनी आएका थिए ।

triton college

बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यन्वयनसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन आएका मन्त्री मन्त्री भट्टराईसहित प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल, भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरी, पर्यटनमन्त्री लिला गिरी सहित मन्त्रालयका सचिवहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश सांसद फकरुद्धिन खान सहितका स्थानीयले होहल्ला गरेका थिए । घेराबन्दी र होहल्लाका कारण केहीबेर कार्यक्रम प्रभावित भए पनि पुनः सञ्चालन भएको थियो ।

४२ वर्ष बितिसक्दा समेत गुरुयोजना अनुसार लुम्बिनीको काम सम्पन्न हुन नसकेको पीडाबोध गरिरहेका लुम्बिनीबासी नयाँ योजना लिएर आउनुको तुक नभएको बताउँछन् । पछिल्लो समय प्रदेश सांसद वा सार्वजनिक कार्यक्रममा सांसद खानले केन्द्रीय सरकार र लुम्बिनी विकासको चर्को विरोध गर्दै आएका छन् ।

मन्त्री भट्टराईले स्थानीयको माग सम्बोधन हुने जनाएपछि होहल्ला बन्द भएको थियो । केही वर्षदेखि सदस्यसचिव नहुँदा काममा समस्या भएपछि मन्त्री भट्टराईले ज्ञानिन राईलाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारीसहित नियुक्ति दिएका थिए । नेविसंघको तर्फबाट स्ववियू सभापति समेत भइसकेका राईलाई सदस्यसचिवको जिम्मेवारी दिएपछि नेकपाभित्रै भट्टराईको आलोचना भइरहेको छ । यसअघि कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।

तत्कालीन सदस्य सचिव अजितमान तामाङको २०७४ साल मंसिर महिनामा ५ वर्षे पदावधि सकिएपछि कोष सदस्यसचिव विहीन छ । खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव चयनका लागि प्रकृया सुरु भएकोमा सरकारले कार्यविधि विपरीत तत्कालीन पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु ढकाललाई सोझै नियुक्त गरेपछि उनीविरुद्ध उजुरी परेको थियो । त्यसपछि ढकालको नियुक्ति बदर भएको थियो । त्यसयता भट्टराईले योजना प्रमुख र सदस्यसचिवको दोहोरो जिम्मेवारी निर्वाह गर्र्दै आएका थिए ।

corrent noodles
Metro Mart

सो कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर विकास गर्नका लागि संघीय सरकारले करिब २ खर्बको बजेट सहितको प्राधिकरण गठन गर्ने योजना बनाएको बताए । लुम्बिनी विकास कोषको नियमित कामहरुलाई असर नपर्ने गरी प्राधिकरण गठन गर्न थालिएको उनको भनाइ थियो ।

उनले पर्खालभित्रको लुम्बिनीको विकासले मात्रै लुम्बिनीको विकास हुने नभई बाहिरको लुम्बिनीको पनि विकास जरुरी रहेको बताए । उनले देवदह, सैनामैना, तिलौराकोटलगायत क्षेत्रहरुलाई पनि एक अर्कासँग जोड्दै लुम्बिनी आउने पर्यटकलाई समय बिताउन सक्ने वातावरण बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बृहत्तर लुम्बिनीको गुरुयोजना सहित काम गर्नु जरुरी रहेको बताए ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले स्थानिय जनता लाभान्वीत हुनेगरी कार्यक्रम गर्नु जरुरी रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले स्थानियको सहभागीतामा नै लुम्बिनीको बिकास अगाडी बढाउने बताए । उनले गुरुयोजना अनुसार अहिले सम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

प्रकाशित: Feb 05, 2020| 16:18 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।