शुक्रबार, वैशाख १४, २०८१

गंगामायाले गुहारिन् राष्ट्रसंघ

गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहारेकी छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहारेकी छन्।

triton college

सशस्त्र द्वन्द्वका बेला हत्या गरिएका छोरा कृष्णप्रसादका हत्यारामाथि कारबाही माग गर्दा पतिसमेत गुमाएकी गंगामायाले नेपालमा न्याय नपाएपछि संयुक्त राष्ट्रसंघ गुहारेको बताएकी छन्।

उनले मंगलबार संयुक्त राष्ट्रसंघको नेपालस्थित प्रमुख भेलेरिया जुलियन्डलाई भेटेर न्यायका लागि सहयोग मागेकी हुन्।

गंगामाया मानव अधिकारकर्मीको टोलीसहित जुलियन्डलाई भेट्न नेपालस्थित राष्ट्रसंघको कार्यालयमा पुगेकी थिइन्।

भेटमा सहभागी वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईले जुलियन्डले गंगामायालाई सक्दो सहयोग गर्ने आश्वासन दिएको बताए।

corrent noodles
Metro Mart

‘जुलियन्डले संयुक्त राष्ट्रसंघको क्षेत्राधिकारभित्र रहेर न्यायका लागि सक्दो सहयोग गर्ने वचन दिनुभएको छ’ प्रसाईले भने, ‘उहाँहरुबीच १ घण्टा कुराकानी भएको थियो।’

कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए।

छोराको न्यायका लागि अनशनरत अवस्थामामै गंगामायाका पति नन्दप्रसाद अधिकारीको पनि ज्यान गएको छ।

उनको शव त्रिवि शिक्षण अस्पतालको मुर्दाघरमा छ।

प्रकाशित: Feb 04, 2020| 16:44 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।