शुक्रबार, वैशाख १४, २०८१

लक्ष्मीनारायण झा गणतन्त्र ल्याउने ‘सपुत’ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्कालीन पञ्चायतकालमा राज्यले वेपत्ता पारेको धनुषाका डा.लक्ष्मीनारायण झा गणतन्त्र ल्याउने मुलुककै सपुत रहेको बताएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्कालीन पञ्चायतकालमा राज्यले वेपत्ता पारेको धनुषाका डा.लक्ष्मीनारायण झा गणतन्त्र ल्याउने मुलुककै सपुत रहेको बताएका छन्।

triton college

झाको ७० औं जन्म जयन्तीको अवसरमा डा.लक्ष्मीनारायण झा प्रतिष्ठानले आइतबार उनको पैतृक गाउँ धनुषाको डेवडिहामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले मुलुकमा गणतन्त्रको विजारोपण गर्ने डा.झा सम्मानित व्यक्ति रहेको बताए।

गणतन्त्र पक्षधर डा.झालाई २०४२ सालको बम काण्डपछि तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेको थियो। २०४२ अषाढ १४ गते जनकपुरबाट पक्राउ परेका झाको अवस्था अझै अज्ञात छ। झाको अवस्था सार्वजनिक गर्न पटक–पटक आवाज उठिरहे पनि हालसम्म कुनै सरकारले स्पष्ट गर्न सकेको छैन।

निधिले कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार र आफू गृहमन्त्री हुँदासमेत झाको वास्तविक अवस्था पत्ता लगाउन प्रयास गरे पनि कुनै तथ्य फेला नपरेको उल्लेख गरेका छन्। राज्य र परिवारले पनि डा.झाको निधन स्वीकार गर्न नसकेकोले सहिद घोषणा गर्नसमेत समस्या भएको उनको भनाइ थियो।

‘डा.झा राजनीतिक रुपमा राजतन्त्र अन्त्यपार्ने विचारधाराबाट प्रभावित हुनुहन्थ्यो,’ उनले भने, ‘उहाँले अंगालेको गणतन्त्रको विचारधारा अहिले मुलुकमा लागू भएको छ। उहाँलाई सबैले ठूलो सपुतको रुपमा स्वीकार गर्नुपर्दछ।’

corrent noodles
Metro Mart

उपसभापति निधिले जनकपुरस्थित प्रादेशिक अस्पतालको नामाकरण डा.लक्ष्मीनारायण झाको नाउँमा गर्नुपर्ने धारणा दोहराएका छन्। डा.झाले त्यतिबेला मिथिला प्रदेशको कल्पना गरेको स्मरण गर्दै निधिले प्रदेश २ को नाम मिथिला हुनुपर्ने आफूहरुको अडान यथावत रहेको जिकिर गरे।

फरक प्रसंगमा उपसभापति निधिले कम्युनिष्ट नेतृत्वको अहिलेको सरकार संघीयता र गणतन्त्रमाथि विश्वास नगर्ने सरकार रहेको आरोप लगाए। चीन नेपालको राम्रो छिमेकी रहेपनि त्यहाँको प्रणाली आफूहरुलाई मान्य नरहेको उनले बताए।

निधिले जनताको हितमा कुनै काम गर्न नसकेको सरकार प्रेसलाई नियन्त्रणमा राख्न खोजेर मुलुकमा तानाशाही शासन लाद्न खोजेको बताए।

प्रकाशित: Feb 02, 2020| 19:47 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।