शनिबार, वैशाख १५, २०८१

लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन : शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताएका छन्।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताएका छन्।

triton college

सेन्टर फर डेमोक्रेसीले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले बोल्न, स्वतन्त्रतापूर्वक व्यवसाय गर्न र निजी सम्पत्ति जोड्न पनि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकामा जोड दिए।

लोकतान्त्रिक संस्कृतिकै लागि प्रतिपक्षमा भएर पनि काँग्रेसले जिम्मेवार राजनीतिक दलको भूमिकामा लागेको प्रवक्ता शर्माले सुनाए। राणा, पञ्चायत र राजाले समेत लोकतन्त्रमाथि आक्रमण गर्दा टिक्न नसकेको इतिहास अध्ययन गरेर सच्चिन उनले सरकारलाई सुझाव दिए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले लोकतान्त्रिक पद्धतिबाट नै लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थाल्नु समृद्ध मुलुक निर्माणका लागि सकारात्मक हुन नसक्ने बताए। चुनाव महँगो हुँदै जाँदा राजनीतिक भ्रष्टाचार बढ्नुले पनि लोकतन्त्रमाथि कालो बादल मडारिए जस्तै भएको उनको भनाइ थियो।

वरिष्ठ पत्रकार बबिता बस्नेतले प्रदेश नं ३ को नामकरणका सन्दर्भमा नेकपाको सचिवालयले निर्णय गरेर प्रदेशसभामा पठाउनुले लोकतान्त्रिक अभ्यासको चित्र प्रस्तुत गरेको बताईन्।

corrent noodles
Metro Mart

कार्यक्रममा आयोजक समितिका अध्यक्ष भरत बडायर जोशी, महासचिव विकल राईलगायत युवाले लोकतन्त्रमाथि भइरहेको आक्रमणका बारेमा साप्ताहिकरुपमा बहस गर्दै जाने जानकारी गराएका थिए।

प्रकाशित: Feb 01, 2020| 19:33 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।