शुक्रबार, वैशाख १४, २०८१

साताभर नेप्से २७.७ अंकले उकालो लाग्यो

गत साता ४६ अंकले ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) यो साता २७.७ अङ्कले बढेको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं- गत साता ४६ अंकले ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) यो साता २७.७ अङ्कले बढेको छ।

triton college

साताको अन्तिम कारोबारका दिन बिहीबार मात्र नेप्से १९.५१ अंकले उकालो लागेको थियो। साताभर नेप्से अस्थिर रहेको छ। साताको पहिलो दिन नेप्से २०.७९ अंकले घटेको थियो तर सोमबार २३.९५ अङ्कले बजार बढ्यो।

मंगलबार ५.०५ अङ्कले नेप्से उकालो लागेको थियो तर बुधबार ०.२७ अङ्कले ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार नेप्से पुनः दोहोरो अंकले उकालो लागेको थियो।

सातामा कारोबार रकम भने दुई अर्ब भन्दा बढीले घटेको छ। अघिल्लो साता आठ अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यो साता घटेर ६ अर्ब ५४ करोडमा झरेको छ।

साताभर सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ४० लाख रुपैयाँ बराबरको भएको नेप्सेले जनाएको छ। त्यस्तै दोस्रो कारोबार गर्ने कम्पनीमा ग्लोवल आइएमई बैंक, सुर्य लाईफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स रहेका छन्।

corrent noodles
Metro Mart

पछिल्लो समयमा बजार दोहोरो अंकले लगातार ओरालो लागेको छैन। सामान्य अंकले घटबड हुनुलाई लगानीकर्ताले करेक्सनको रुपमा बुझ्न थालेका छन्। साताभर डिप्रोक्स लघुवित्त, ग्रामीण विकास लघुवित्त, नाडेप, छिमेक लघुवित्तको उच्च रकमको सेयर कारोबार भएको छ।

पछिल्लो समयमा अर्थमन्त्री दोस्रो बजारप्रति सकारात्मक हुनु, बोर्डमा धितोपत्र बजार बुझेको मानिस अध्यक्ष हुनु लगायतका कारण बजार बढेको सेयर विष्लेषकहरुको भनाइ रहेको छ।

अर्को बजार बढ्नुको मुख्य कारण भनेको चालु आर्थिक बर्षको पहिलो ६ महिनाको वित्तिय विवरण पनि आउने थालेको छ। जुन कम्पनीले धेरै लाभांस दिन सक्ने देखिन्छ सोही कम्पनीतर्फ लगानीकर्ताहरु झुम्मिन थालेका छन्।

प्रकाशित: Jan 31, 2020| 16:45 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्