शनिबार, वैशाख १५, २०८१

प्रदेश २ : छोरी शिक्षामा तीन लाख रुपैयाँको बिमा

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत यसअघि एक लाखको बिमा घोषणा गरेको प्रदेश सरकारले उक्त रकम तीन लाख पुर्याएको हो।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६


जनकपुरधाम - प्रदेश सरकारले छोरी शिक्षाको बिमा रकम तीन लाख पुर्याएको छ।

triton college

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत यसअघि एक लाखको बिमा घोषणा गरेको प्रदेश सरकारले उक्त रकम तीन लाख पुर्याएको हो।

२०७५ माघ १ पछि जन्मेका छोरीलाई १ लाख शिक्षा बिमा गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो। तर, अब १ लाखमा दुई लाख थपेर बिमा रकम तीन लाख पुर्याएको प्रदेश सरकारले जनाएको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएका छोरीले अब तीन लाख रुपैयाँ पाउने जानकारी दिए।

corrent noodles
Metro Mart

‘प्रदेशमा जन्मिएका छोरीहरु अब लाखपति होइन, कमसेकम तीन लखिया भएकी छन्,’ राउतले भने।

स्थानीय सरकारलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, ‘हामी अहिले छोरी शिक्षा बिमा रकमलाई तीन लाखसम्म पुर्याएका छौं। स्थानीय सरकारले समेत त्यतिकै रकम थपे छोरीलाई ठूलो सहयोग हुनेछ ।’

छोरी शिक्षा बिमा रकम २० लाखसम्म पुर्याउने आफूहरूको लक्ष्य रहेको राउतले बताए।

अभियानअन्तर्गत प्रदेश सरकारले करिब १५ हजार छोरीहरुको बिमा गराइसकेको छ। बिमा गराइसकेका छोरीहरुले समेत यो सुविधान पाउने मुख्यमन्त्री राउतले बताए।

यसका साथै मुख्यमन्त्री राउतले कक्षा एकदेखि आठसम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न दलित र मुस्लिम परिवारका छात्राका लागि सरकारले ‘पाइलट प्रोजेक्ट’ ल्याउन लागेको जानकारी गराए।

परियोजनाअन्तर्गत प्रतिमहिना पाँच सय रुपैयाँ छात्रवृत्ति दिने सरकारको तयारी रहेको उनको भनाइ थियो।

प्रादेशिक अस्पताललाई आयुर्विज्ञान प्रतिष्ठान बनाइने

प्रदेश सरकारले जनकपुरस्थित प्रादेशिक अस्पताललाई आयुर्विज्ञान प्रतिष्ठानका रुपमा रुपान्तरण गर्ने निर्णयसमेत गरेको छ । शुक्रबारै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मुख्यमन्त्री राउतले भने, ‘प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने निर्णय भएको छ । यसका लागि सरकारले प्रक्रिया सुरु गरिसकेको छ । प्रादेशिक अस्पताल चाँडै आयुर्विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुनेछ ।’

मन्त्रिपरिषद् बैठकले मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेको दीर्घकालीन व्यवस्थापन गर्न मधेसी शहिद प्रतिष्ठान गठन गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित: Jan 31, 2020| 16:18 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।