शनिबार, वैशाख १५, २०८१

मालपोतका पियनको अवैध कमाइ पौने १० करोड

एउटा कार्यालय सहयोगी (पियन) ले मासिक रुपमा पाउने तलव भत्ताले घर खर्च धान्न, छोरा छोरीको शिक्षादिक्षा र परिवारको लालनपालन गर्न पनि धौधौ पर्छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- कार्यालय सहयोगी (पियन) ले मासिक रुपमा पाउने तलब भत्ताले घर खर्च धान्न, छोराछोरीको शिक्षादिक्षा र परिवारको लालनपालन गर्न पनि धौधौ पर्छ।

triton college

तर, मालपोत कार्यालय चावहिलमा कार्यरत एकजना कार्यालय सहयोगीले ३० वर्षे जागिरे अवधिमा पौने १० करोड रुपैयाँ कमाएको भेटिएको छ।

कार्यालय सहयोगी राजेन्द्र बस्नेतले जागिर अवधिमा ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ रुपैयाँ कमाएको खुलेको हो।

बस्नेतले कमाएको पौने १० करोड रुपैयाँमध्ये ७४ लाख ७३ हजार ३ सय ७३ रुपैँयामात्र वैध आम्दानी देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ अवैध सम्पति आर्जन गरेको भन्दै अख्तियारले सोहीबराबरको बिगो माग दाबी गर्दै बस्नेतविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

corrent noodles
Metro Mart

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बस्नेतले नक्कली रसिद काटेर नगद असुल गरी राजस्व दाखिला नगरेको भेटिएपछि श्रोत नखुलेको ११ लाख रुपैयाँसहित ०७५ असोज २५ गते पक्राउ परेका थिए। उनीविरुद्ध २०७५ पुस १५ गते पनि विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।

हाल निलम्बनमा रहेका बस्नेतको सम्पत्ति छानविन गर्दा अकुत सम्पति आर्जन गरेको खुलेपछि पुनः मुद्दा दायर गरिएको कोइरालाले जानकारी दिए। यस पटक उक्त मुद्दामा बस्नेतकी पत्नी सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिज कृपा बस्नेतलाई पनि विपक्षी बनाइएको छ।

अकूत रुपमा आर्जन गरेको सम्पतिबाट बस्नेतले आफू तथा पत्नी, आमा र भतिजाका नाममा जग्गा, सवारी साधन र अन्य व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च तथा लगानी गरेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार बस्नेतले आफू तथा पत्नीका नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुरसमेत ६ करोड ७४ लाख २५ हजार १ सय ४५ रुपैयाँ लगानी गरेको खुलेको छ।

यस्तै आमा टुकु कुमारीको नाममा रहेको जग्गामा ६२ लाख ९० हजार ५ सय ४८, कर्जा एवं सापटी चुक्ता प्रयोजनमा ३९ लाख ७६ हजार २ सय ९, जीवन बीमाका विभिन्न पोलिसीहरुमा प्रिमियम शुल्कमा ५ लाख ७० हजार ४ सय ९०, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, अंशियार दाजुभाइलाई अंशबापत नगद भुक्तानीमा १५ लाख, पुँजीगत लाभकरमा ३ लाख ४७ हजार, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३ सय २५, शेयर खरिदमा १८ हजार, नगद ११ लाख, पत्निको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाइ भतिजालाई दिएको १ करोड र परिवारका बिभिन्न व्यक्तिको नाममा बैंक खातामा जम्मा ५ लाख ८७ हजार १ सय ४८ रहेको खुलेको अख्तियारले जनाएको छ।

बस्नेतले २०४५ कार्तिक १९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति लिएको खुलेको छ।

प्रकाशित: Jan 30, 2020| 17:39 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।